इन्डोनेशियामा पाँच नेपालीलाई मुत्युदण्ड सजाय

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 जीवनरक्षाका लागि इन्सेकको अपिल

death-sentenceकाठमाडौँ, – इन्डोनेसियाली सरकारले पाँच नेपालीसहित छ जनालाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।

मृत्युदण्ड सुनाइएकामा बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारी रहेका छन् ।

मत्युदण्डको सजाय सुनाइएको जनाउँदै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना नागरिकको जीवन रक्षाका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ । उनीहरुमाथि विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।

सन् २०१३ भन्दाअघि इन्डोनेसियामा कुनै पनि अपराधमा मृत्युदण्ड दिने गरिएको थिएन । हाल आएर पुनः यस्तो दुःखद् अभ्यास सुरु गरिएकामा स्थानीय मानवअधिकार संस्थाहरुले पनि विरोध जनाउँदै आएका छन् ।

आइतबार आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको घटनाको विरोधमा ब्राजिल र नेदरल्याण्डले आ–आफ्ना राजदूत फिर्ता बोलाइसकेको बताइएको छ ।