क्यानडाविरुद्ध नेपालको गतिलो सुरुवात, नेपाललाई पाँचौ सफलता

706 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepali_National_Cricket_team_987290981
नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग ‘डिभिजन टू’अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । विन्डहोकमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले सानदार सुरुवात गरेको छ । चौथो ओभरमा नै ३ विकेट हात पार्दै नेपालले खेल सुरुमै आफ्नो पक्षमा ढल्काएको हो । १७ ओभरको खेल सकिँदा क्यानडाले ५ विकेटको क्षतिमा२८ रन जोडेको छ । नेपाललाई सुखद् सुरुवात दिलाउने क्रममा करन केसीले ४ तथा सोमपाल कामीले १ विकेट लिए । नेपाल पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएको थियो भने, दोस्रो खेलमा बलियो टोली नेदरल्याण्ड्सविरुद्ध २ विकेटको जित दर्ता गर्यो । ६ वटा टोली सहभागी प्रतियोगितामा शीर्ष दुर्ईमा रहँदै डिभिजन आइसीसी इन्टरकन्टिनेन्टल कपमा छनोट हुने लक्ष्यका साथ नामिबिया पुगेको नेपाली टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ ।