1049 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किरान्चोकको रणकालिका भगवती मन्दिरको पुनःनिर्माण हुने
ऐतिहासिक महोत्व के छ त ?

mandirधादिङ जिल्लाको बैरेनी गाउँ विकास समितिमा रहेको ऐतिहासिक मन्दिर रणकालिका मन्दिरको पुनःनिर्माण कार्य हुने भएको छ । ऐतिहासिक मन्दिरको पुनः निर्माणको लागि पुरातत्व विभाग काठमाण्डौले नगद ५ लाख र गाउँ विकास समितिबाट बिनियोजित १ लाख २७ हजार रुपैँयाको लागतमा मन्दिरको निर्माणकार्य अघि बढाईएको मन्दिर व्यावस्थापन समितिले जानकारी दिएको छ । वैरेनी गाविसको वडा नम्बर १, ३, ७ को विचमा रहेको रणकालिका मन्दिर पुनःनिर्माणको लागी गत पौष १९ गते पुरातत्व विभाग काठमाण्डौंका ध्रुवप्रसाद अधिकारीले मन्दिरको शिलान्यास गर्नुभएको थियो । पुरातत्व विभाग काठमाण्डौंको ५ लाख, १ लाख २७ हजार गाविस र स्थानियहरुको श्रमदान गरि ४३ लाखमा मन्दिरको निर्माण हुन लागेका मन्दिर संरक्षण समितिका अध्यक्ष बेद बहादुर भण्डारीले जानकारी दिनुभयो । । १० हजार वर्ष देखिनै पुजा पाठ गरिँदै आएको र मन्दिर जिर्ण बन्दै गएकाले पुनः निर्माण गर्न लागिएको हो ।

संक्षिप्त परिचय
धादिङ जिल्ला बैरेनी गाउँ विकास समिति वडा नम्बर ३ स्थित उच्च सुन्दर थुम्काको वरीपरी चारैतिर सल्लेरी वन जंगल, साल र अन्य जंगली बुट्यान र बृक्षहरुले ढाकिएको मनोहर स्थानमा श्री किरान्चोक कालिका भगवतीको अत्यन्त महत्वपुर्ण धार्मिक एंव ऐतिहासिक मन्दिर रहेको छ । मन्दिरको पश्चिमतिर बेल्खु, गर्दुवा, दरियाल खोलाको नागवेली बहाव, पुर्वतर्फ चिरौदी ख खोलाको सुन्दर स्वरुप तथा उत्तरतर्फ पवित्र धार्मिक ऐतिहासिक त्रिशुली नदी एवं साना ठुला पहाडी श्रृङखला र गणेश हिमाल अन्नपुर्ण लगायत विभिन्न हिमश्रृङखलाहरुको मनमोहक प्राकृतिक रमणीय दृश्य यस मन्दिरको थुम्काबाट चारैतिर देख्न पाईन्छ ।

गर्भ गृह

धार्मिक हिसावले बैरेनी, किरान्चोक, पिंडा गाविस र आसपासका अन्य ठाउँहरुबाट धेरै भक्तजनहरु पुजा गर्ने जाने गरेको छन् । पञ्चवली र फुलका डोलीहरु लिएर जाने यस पवित्र धार्मिक ऐतिहासिक कालिका देवीको शक्तिको बारेमा धेरै थरिका ऐतिहासिक र परम्परागत किवंदन्तीहरु रहेका छन् । सृष्टिको शुरुवातदेखी नै मानव मात्रको कल्याणमा देवी शक्तिको ठुलो महत्व रहेको छ । देवी भागवत लगायत अन्य धार्मिक ग्रन्थहरुमा वर्णित शक्तिको प्रादुर्भाव निश्चित तिथी मितिदेखि भएको भनी यकिन गर्न भने सकिदैन । परापुर्खकालदेखी नै यस पवित्र स्थानमा देवी शक्तिको ज्योती प्रादुर्भाव भएको भएपनि बाह्रौ शताव्दीका अधिकारीहरुका पुर्खाले यस ज्योती स्वरुपको पुजा आजा गरी श्री किरान्चोक कालिका देवीको सानो मन्दिर स्थापना गरेको किवंदन्ती छ । पछि राजा जयस्थिती मल्लले अधिकारीहरुलाई विर्ता र देवीको गुठी पनि राखेको थिए । हाल ती गुठीका जग्गाहरु रैकरमा परिणत भई सकेको देखीएको छ ।
मन्दिरबाट देखिने जंगल

हाल श्री किरान्चोक कालिका देवीको मन्दिर रहेको थुम्कोमा देवी स्थापना गरेर पुजा आजा गर्न शुरु भएको सम य भन्दा अगाडि अथवा बाहै शताब्दी पुर्व मन्दिर भन्दा पुर्व तर्फको केहि तल रहेको पटांगिनी वा पाटाहरुमा किसानहरुले खेती पाती गर्न खनजोत गर्दा जमिनबाट रगत आएकोले तान्त्रिकहरुले तन्त्रशक्तिबाट विचार गर्दा उनै किरान्चोक कालिकाको मन्दिर स्थापना गरि पुजा गर्नुपर्ने कुरा देवीबाट स्वप्नमा सुचना दिएपछि मन्दिर स्थापना गर्दा तिनै देवीलाई रक्तकालिका देवी समेत भनिएको भन्ने किवंदन्त पनि छ ।

धार्मिक तथा पर्यटकीय महत्व
काठमाण्डौँबाट ५४ किमि गाडीको यात्रा तय गरेपछि बैरैनी गाउँ विकास समिति मासटार भन्ने ठाँउबाट करीब ६ किलोमिटर कच्ची बाटो हुँदै गाडीबाटा कालिका मन्दिर पपुप्ग्न सकिन्छ । साथै पिंडा गाउँ विकास समितिको आदमघाटबाट किरान्चोक कालिका देवीको मन्दिरसम्म पुग्न करिव २ घण्टाको पैदल यात्रा गर्नुपर्छ । बाटोका ठाँउठाँउमा पर्ने जलका प्राकृतिक कुवा, धारा चौताराहरुले बाटोमा सुन्दर बढाएका छन् ।