सूचना लुकाउने माथि कारवाही हुन्छ –प्रमुख आयुक्त वांस्कोटा

938 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0038धादिङ–कार्यालयमा आएर सूचना माग्ने सेवाग्राहीलाई सूचना नदिनु गैर कानूनी कार्य हुने भएकाले यस्ता कार्यमा संलग्न भएका व्यक्तिलाई कानून वमोजिम दण्ड सजायँ हुने प्रमुख सूचना आयुक्त कृष्णहरी बांस्कोटाले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले शुक्रवार धादिङबेसीमा आयोजना गरेको सूचनाको हक सम्वन्धि नेपालको व्यवहारिक प्रयोग बिषयक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख आयुक्त बांस्कोटाले सूचना लुकाएर होइन बांडेर महान वन्न सरकारी कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।
लोकतन्त्रको विकास र समृद्ध समाज निर्माणका लागि सुचनाको हक अनिवार्य कार्यन्वयन हुर्नुपर्ने प्रमुख आयुक्त बांस्कोटाको भनाई थियो । राज्यले सार्वजनिक गर्न नमिल्ने भनेर किटान गरेका वाहेक अन्य सूचनाहरु माग्न आउने हरेक व्यक्तिलाई ससम्मान सूचना उपलव्ध गराउनु पर्ने बांस्कोटाले वताउनु भयो । नेपालमा सूचनाको हक सम्वन्धि कानून ढिला आएकाले नेपाली समाजले अझै पनि स्पष्ट रुपमा सूचनाको हकका बिषयमा बुझ्न नसकेपनि हरेक सरकारी कार्यालयले बिषयवस्तुका वारेमा जानकार जिम्मेवार कर्मचारीलाई सूचना अधिकारी तोकेर कार्यालयका गतिविधिहरु सार्वजनिक गर्नुपर्ने प्रमुख आयुक्त बांस्कोटाको निर्देशन थियो । अन्त्रक्रिया कार्यक्रम शुरु हुनुअघि नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले प्रमुख आयुक्त बांस्कोटा र आयुक्तहरु यशोदा तिम्सिना र किरण पोखरेललाई पत्रकारहरुको तर्फवाट सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगमा नियुक्त हुनुभएका प्रमुख आयुक्त वाँस्कोटा र आयुक्तहरु यशोदा तिम्सिना र किरण पोखरेललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सम्मान गरेको थियो । कार्यक्रममा आयोगका आयुक्तहरु तिम्सिना र पोखरेलका साथै धादिङका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले सूचनाको हक र वर्तमान कानूनी व्यवस्था, व्यवहारिक प्रयोगका बिषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
सुचनाको हक नागरिकको मौलिक हक भएतापनि कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित कार्यालयले पहल गर्नुपर्ने बिषयमा सहभागीहरुले सुझाव दिएका थिए । जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख एवम सूचना अधिकारी, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी,कानून व्यवसायी, पेशागत संगठनका प्रतिनिधि र नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । सुचनाको हक समाजिक जवाफदेहिता , सुशासन र भष्ट्राचार न्युनिकरणको वलियो आधार भएका कारण यसको कार्यान्वयनका लागिसवै एकजुट भएर लाग्नुपर्ने कुरामा आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको भनाई थियो ।
सुचनाको हक कार्यान्वयनका लागि सुचना दिने र लिने पक्ष जागरुक हुुनुपर्ने कार्यक्रमको निचोड रहेको थियो ।

जिल्लाका सबै कार्यालयमा तोकिए सूचना अधिकारी
DSC_0083राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बांस्कोटाले शुक्रवार जिल्ला प्रशासन कार्यालय परिसरमा जिल्लाका सबै सरकारी कार्यालयका सूचना अधिकारीहरुको बिबरण समेटिएको सूचना वोर्डको सार्वजनिक गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा जिल्लाका ३२ वटा सरकारी कार्यालयमो सूचना अधिकारी तोकेर ति कर्मचारीको सम्पर्क नम्बर सहितको बिबरण तयार पारेको हो । जिल्ला प्रशासन कार्यालयमा राखिएको सूचना अधिकारीहरुको विवरण वोर्डको सूचना आयोगका प्रमुख आयुक्त वांस्कोटाले सार्वजनिक गर्नुभएको हो । सूचना अधिकारीको नाम र सम्पर्क नम्बर सहितको बिबरण सार्वजनिक भएपछि कुनै पनि सरकारी कार्यालयले कानूनले रोकेका बाहेक अन्य सूचनाहरु दिन इन्कार गरेमा उजुरी गर्न सजिलो हुने वताईएको छ । यसै बिच आगामी फागुन ५ गते भित्र जिल्लाका सवै सरकारी कार्यालयहरुको सेवा सुविधा र अन्य जानकारी समेटिएको विवरण पुस्तिका वाहिर आउने धादिङका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेले वताउनु भएको छ । त्यसैगरी जिल्लाका सरकारी कार्यालयहरुमा सेवाग्राहीले माग्ने सूचनाका लागि आवश्यक पर्ने निवेदन जिल्ला विकास समितिले प्रकाशन गरी सम्वन्धित कार्यालयलाई बितरण गर्ने भएको छ । सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले यस्तो घोषणा गर्नुभएको हो ।
सम्पर्क व्यक्ति घोषणा 
DSC_0072राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बांस्कोटाले धादिङ जिल्लामा सूचनाको हक सम्वन्धि कार्यलाई व्यवहारिक रुपमा उतार्न धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला हुलाक कार्यालयका प्रमुख र नेपाल पत्रकार महासंघका अध्यक्षलाई सम्पर्क व्यक्तिका रुपमा तोक्नु भएको छ । आयोगको सहयोगमा नेपाल पत्रकार महासंघको नवनिर्मित भवनमा सूचनाको हक सम्वन्धि सुविधा सम्पन्न वाचनालय स्थापना गर्न सहयोग गर्ने प्रमुख आयुक्त बांस्कोटाले घोषणा गर्नुभएको छ ।