जहाज सामान्य दुर्घटनामा

617 पटक पढिएको

सम्पादक: Dhadingnews.com

planहुम्ला, १८ जेठ । नेपालगन्जबाट आज बिहान उडेको सीता एयरलायन्सको कार्गाे जहाज सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रममा सामान्य दुर्घटनामा परेको छ ।

बिहान ०७ः०५ बजे भएको सो घटनाबाट जहाजको अघिल्लो भाग र बायाँ पखेटा तथा पाङ्ग्रा भाँचिएको तर मानवीय क्षति भने नभएको एयरलायन्सले जनाएको छ । जहाजमा किरण भट्टराई र दीपक शाह चालक दलका सदस्य तथा पाँच यात्रु पनि थिए । अहिले नेपाली सेना, प्रहरी र स्थानीय जनता उद्धारमा जुटेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिनुभयो । रासस