एडभान्स एकेडेमीद्धारा आयोजित खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सव सम्पन्न

795 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 DSC_0055धादिङ–निजी बिद्यालयहरु नाफा कमाउने तर्फमात्र केन्द्रित नभई मुलुकका लागि आवश्यक दक्ष शैक्षिक जनशक्ती उत्पादन गर्नेतर्फ अझै शशक्त भएर लाग्नुपर्ने संविधान सभाका सदस्य एवम पुर्व शिक्षामन्त्री गंगालाल तुलाधरले वताउनु भएको छ ।
धादिङबेसी पुछारवजारमा रहेको एडभान्स एकेडेमीद्धारा आयोजित साताव्यापी खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सवको विहीवार समापन कार्यक्रमलाई सम्वोधन गर्दै सभासद एवम पुर्व शिक्षामन्त्री तुलाधरले यस्तो बताउनु भएको हो । प्रचलित शिक्षा नियमावली एवम शिक्षा सम्वन्धि अन्य निति नियम भित्र रहेर निजी बिद्यालयहरुले गुणस्तरीय शैक्षिक उत्पादनका लागि राज्यलाई सहयोग गर्नु पर्ने तुलाधरको सुझाव थियो । मुलुकमा दक्ष जनशक्तीको अभाव बढ्दै गएकाले अव शैक्षिक संस्थाहरुले बिषयगत क्षेत्रका जनशक्तीको प्रतिभा प्रष्फुटनका लागि पनि लगानी बढाउंदै अरु भन्दा नमुना वन्न सक्नुपर्ने तुलाधरले वताउनु भयो ।
बिद्यालय संचालक समितिका अध्यक्ष अर्जुन गोर्खालीको अध्यक्षतामा भएको खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सव कार्यक्रमको समापन कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटी,नीलकण्ठ श्रोत केन्द्रका श्रोत व्यक्ति इश्वरकुमार श्रेष्ठ, प्रहरी नायव उपरिक्षक प्रकाश मल्लको आतिथ्य रहेको थियो । यसैगरी प्याव्सन धादिङका संस्थापक अध्यक्ष शान्तबिक्रम बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारी,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी,रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्मा लगायतको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा साताव्यापी रुपमा आयोजना गरिएका खेलकुद प्रतियोगिताका विजयीहरुलाई शिल्ड र प्रसंसा पत्रका साथ सम्मान गरिएको थियो । त्यसै गरी अन्तरसदनात्मक फुटवल प्रतियोगिताको फाईनल खेलमा निर्धारित समयमा प्रतिस्पर्धीहरु गोलरहित भएपछि दोश्रो पटक थप गरिएको समय पछि पेनाल्टी सुट आउटवाट हरियो सदनले ३ शुन्यमा नीलो सदनलाई पराजित गरेको थियो ।
फुटवल प्रतियोगितामा रातो सदनले पुर्व अंकका आधारमा यस बर्षको रनिङ शिल्ड प्राप्त गरेको छ । सप्ताहव्यापी कार्यक्रममा आयोजना गरिएका विभिन्न प्रतियोगिता अन्र्तगत सहभागी भएका अभिभावक ,बिद्यार्थी र शिक्षकलाई प्रमुख अतिथी तुलाधरका साथै विशिष्ट अतिथी बुर्लाकोटी लगायतले सम्मान गर्नुभएको थियो ।

DSC_0111कार्यक्रममा सोही बिद्यालयमा एलकेजीमा अध्यनरत चार बर्षिया संज्ञा दुवाडीको नृत्यले सहभागीहरुलाई निकै उत्साह दिएको थियो । चार बर्षिया दुवाडीको नृत्यबाट प्रभावित हुनुभएका कार्यक्रमका प्रमुख अतिथी तुलाधरको आग्रहमा दोश्रो पटक पनि उनलाई नृत्यमा उतारिएको थियो । एक महिना अघि धादिङबेसीमा सम्पन्न भएको धादिङ महोत्सवमा समेत संज्ञाले नृत्य प्रस्तुत गरेकी थिईन । DSC_0175