इपिएसको आठौ सिविटी मार्चमा

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जान इपिएस अन्तर्गत एचआरडीले  लिदै आइरहेको सिबिटी परिक्षाको आठौ संस्करण  मार्चको ११ तारिक हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले फेब्रुअरी १३ देखि १५ सम्म फर्म भर्ने, फेब्रुअरी २७ मा परिक्षा तालिका घोषणा,  मार्च ११  मा परिक्षा र मार्च ३१ मा नतिजा प्रकाशन मिति तोकेको छ ।

कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । पछिल्लो पटक सिविटी परिक्षा गत डिसेम्वर ६ मा  लिइएको थियो । मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा  उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ ।

सिबिटी परीक्षामा उतिर्ण कामदारलाई कोरिया जानका लागि प्राथमिकता हुने ईपिएस कार्यालयले बताउदै आएको छ  । कोरियामा ३ बर्ष भन्दा बढी बसेर वैधानिक रुपमा  फर्केका कामदारका लागि लिइने परीक्षा भएकोले कोरियामा अबैधानिक कामदार घटाउन प्रभावकारी हुने भन्दै कम्प्युटरमा आधारित विशेष परिक्षा (सिविटी) लिने गरिएको छ ।

श्रोत : हेल्लो नेपाल कोरिया