दैनिक साढे पाँच दर्जन महिला वैदेशिक रोजगारीमा

665 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

६ महिनामै २ लाख ७१ हजार कामदार बिदेसिए

काठमाडौं- विगतका वर्षहरूको तुलनामा अहिले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने महिला कामदारको संख्या बढेको छ । निकै संघर्ष गर्दा पनि स्वदेशमा भनेजस्तो काम नपाएकाले महिलाहरूको वैदेशिक रोजगारीमा आकर्षण बढेको हो । विगतका वर्षहरूको तुलनामा मात्र नभएर अहिले दैनिक रूपमा वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ राजधानी दैनिकले खबर लेखेको छ ।

Women_migrant_20140728044323विभागका अनुसार अहिले दैनिक साढे पाँच दर्जनभन्दा बढी महिला वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायत विभिन्न मुलुकतर्फ जाने गरेका छन् । विभागले चालू आवको बितेका ६ महिना पुस मसान्तसम्ममा करिब १२ हजार नेपाली महिला कामदार खाडी, मलेसियालगायत विभिन्न मुलुकतर्फ बिदेसिएका छन् ।

सोही तथ्यांकका आधारमा विभागले सालाखाला करिब दिनमा साढे पाँच दर्जन महिला कामदार बिदेसिने गरेको पाइएको हो ।

विभागका अनुसार चालू आवको पहिलो महिना साउनमा १५ सय २५, भदौमा २६ सय २६ र असोजमा २१ सय ३५ जना महिला मलेसिया र खाडीलगायत विभिन्न मुलुक गएका छन् । यसैगरी, कात्तिकमा १९ सय २४, मंसिरमा १९ सय ७२, पुसमा १७ सय ८३ महिला कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ गएका छन्, जसमध्ये महिला र पुरुष गरी पुस मसान्तसम्ममा कुल २ लाख ७१ हजार ३ सय ३९ जना नेपाली कामदार श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बिदेसिएको विभागले जनाएको छ ।

यो तथ्यांकका आधारमा पनि औसतमा करिब दैनिक १५ सय ७४ जना कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेका छन् । चालू आवको बितेका ६ महिनामध्ये सबैभन्दा बढी गत मंसिर महिनामा सबैभन्दा धेरै कामदार विमानस्थलबाट बाहिरिएका छन् ।

गत मंसिर महनिामा मात्रै कुल ५३ हजार ३ सय ५४ जना कामदार बिदेसिएको विभागले जनाएको छ । यसैगरी, असोज महिनामा सबैभन्दा कम जम्मा ३५ हजार ५ सय ५० जना कामदार मात्र वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ

गएका छन् ।

त्यसैगरी, साउनमा ४२ हजार ३ सय ९ जना, भदौमा ५१ हजार ५ सय ५१ जना, कात्तिक महिनामा ४३ हजार सय १३ जना र पुसमा ४५ हजार ३ सय ६२ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फगएका छन्, जसमध्ये महिलाको तुलनामा बिदेसिने पुरुÈहरूको संख्या अत्यधिक बढी छ 

वैैदेशिक रोजगार विभागका अनुसार साउनमा ४० हजार ६ सय ८४, भदौमा ४८ हजार ९ सय ५, असोजमा ३३हजार ४ सय १५, कात्तिकमा ४१ हजार २ सय ८९, मंसिरमा ५१ हजार ३ सय ८२ र पुस महिनामा ४३ हजार सय ७९ जना पुरुÈ कामदार विभिन्न मुलुकतर्फ बाहिरिएका छन् ।