स्याङ्जामा ट्रयाक्टर दुर्घटनामा थाक्रेका बास्कोटा सहित दुईको मृत्यु

604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रञ्जन अधिकारी
पोखरा १८ माघ ।

स्याङ्जाको पिडिखोला गाविस वडा नं. ८, जोगिमारा नजिकै शुक्रबार बेलुकी भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँच जना सवार रहेकोमा अन्य तीन घाईते भएका छन् । मृत्यु हुनेमा धादिङ थाक्रे ८ का अन्दाजी ३५ वर्षीय बेले बास्कोटा र मकवानपुर सरीखेत ९ का अन्दाजी ४० वर्षका किरण गोले रहेको ईलाका प्रहरी कार्यालय जईपते स्याङ्जाले जनाएको छ । यस्तै घाईतेहरुमा थाक्रे ८ कै ४० वर्ष हाराहारीका भोटे पन्थे र बुद्ध तामाङ तथा सरीखेतका करीब २५ वर्षीय सन्तोष पुर्जा रहेका छन् ।
10965582_779926175389392_193258794_n-copyदुर्घटना बेलुकी ७ बजेको समयमा भएको र दुर्घटनास्थलबाट प्रहरी कार्यालय एक घण्टा टाढाको दुरीमा रहेकाले घटनास्थलसम्म प्रहरी पुग्न नसकेको प्रहरी हवल्दार गंगाप्रसाद पौडेललाई उद्दृत गर्दै स्याङ्जाका पत्रकार मोहन सुनारले जानकारी दिएका छन् । सेतीबेनीबाट जोगिमारा निस्कदैं गर्दा दुर्घटना भएको उक्त ट्रयाक्टरको नम्बर समेत रातिसम्म खुल्न सकेको छैन ।
स्थानीयबासीको सहयोगमा मृतक र घाईतेलाई मिर्मि स्थित कृष्णगण्डकी हस्पिटल पु¥याएपछि मात्रै प्रहरी टोली अस्पताल पुगेर मृतक र घाईतेको नाम सार्वजनिक गरेको स्थानीय शिवकुमार अधिकारीले जानकारी दिए। घाईतेमध्ये भोटे पन्थेको अवस्था गम्भीर रहेको छ । घाईते तीनै जनालाई प्रारम्भिक उपचारपछि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज रिफर गरिएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा राखिएको प्रहरीले जानकारी दियो ।