धादिङको चरौंदीमा घर आगलागी ,चारको मृत्यु-थप बिबरण आउन बाँकी

987 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aaglaagiधादिङ, १९ माघ ः धादिङको धुषा गाविसको चरौंदीमा बिद्युत्त सर्ट भई आगलागी हुंदा चार जनाको ज्यान गएको छ ।
राती एक वजे तिर भएको सो आगलागीबाट घर धनी किशोरचन्द्र थपलिया, उनका छोरी, ज्वाई र नातीनीको जलेर ज्यान गएको स्थानीयवासी मिलन सिलवालले वताएका छन । शुक्रवार किशोरका भाई पवन थपलियाको विवाह भएकाले विवाहको निम्तो मान्न आएकी किशोरकी छोरी योजना, उनका श्रीमान र एक छोरीको समेत जलेर ज्यान गएको आफन्तहरुले वताएका छन । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले आगलागीबाट चार जनाको ज्यान गएको भएपनि थप बिबरण आउन भने बांकी रहेको वताउनु भएको छ । घर जलेर पुरै नष्ट भएको र केही सर सामान समेत वाहिर निकाल्न नसकिएको पनि प्रहरीले जनाएको छ ।

रातीको समयमा आगलागी भएकाले उद्धारमा निकै कठिनाई भएको र घर भित्र सुतिरहेका व्यक्तिलाई वाहिर निकाल्न नभ्याउंँदा दुःख घटना हुन पुगेकोे स्थानीयले वताएका छन । घटना पछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गजुरी, जोगिमारा प्रहरी चौकीवाट गएको प्रहरी टोलीले आगो निभाउने प्रयास गरेका थिए । आगलागीबाट के कति क्षती भयो भन्ने बिबरण अझै आउन सकेको छैन ।