मध्यरातमा लागेको आगोले खोसी दियो खुसी

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
DSC_4263धादिङ, १९ माघ ः आईतवार राती अवेर सम्म बिहेको रमझमको खुसीयाली बांड्ेर आफ्नो घर लागेका आफन्त र छिमेकीहरु घरमा पुगेर सुत्न नभ्याउंदै पत्याउनै नसकिने खबर सुनेर आश्चर्य चकित हुन पुगे । आँफुले सुनेको खबर गलत होस भन्ने कामना गर्दै रामप्रसाद थपलियाको घरतर्फ हान्निएका छिमेकीहरुले जे सुनेका थिए त्यो भन्दा बढी आफ्नै आंखाले देख्नु परेपछि उनीहरुको पनि हास हवास उड्यो ,त्यहां पुगेका सबैको आंखा रसाउन पुग्यो । अघिल्लो सांझ सम्म हांस खेल गरिरहेका दाजुभाई र माईती मावलीले सोमवार विहान सम्म पनि उनिहरुलाई देख्न पाएनन ।
एकैछिनमा सबै चिज खरानीमा परिणत हुन पुग्यो । दनदनी बलेको आगो छिचोलेर घर भित्र भएका वाहिर निस्कन भ्याएनन, वाहिर हुनेले पनि भित्र पस्नै सकेनन । मध्यरातमा घर भित्र एक्कासी बिद्युत्त सर्ट भएर लागेको घर सम्पत्ती संगै घर भित्र सुतिरहेका चार जनालाई एक ठाउंमा जलायो । सोमबार हुन नपाउंदै भएको घटनाले धादिङको चरौंदी गाउंनै शोकाकुल बनेको छ । गाउंलेहरु शोकमा परेका छन । मध्यरातमा लागेको आगोबाट परिवारका चार जना एकै ठाउँमा गुमाउनु परेको पिडाले ८३ बर्षिय रामप्रसाद थपलिया बेहोस हुनुभएको छ । रामप्रसाद संगै उहाकी धर्मपत्नीको पनि घटना भएदेखि होस गुमेको छ । आफै शारिरीक रुपमा अशक्त रहनु भएका थपलियालाई आंखै अगाडी परिवारका चार जनाको जलेर ज्यान दृष्यले निकै चोट पु¥याएको छ । घरको तल्लो तलामा सुत्नु भएका रुामप्रसाद र हरीमायालाई छिमेकीले तानेर वाहिर निकाल्न त भ्याए तर माथिल्लो तलामा रहेका चार जना बचाउ बचाउ भन्दा भन्दै आगोले जलेको देख्नेहरु यति बेला भाब विह्वल हुन पुगेका छन । शनिवार राती अवेर सम्म विहेघरको रमझम देखिएको थपलिया निवास मध्यरात हुंदा खरानीमा परिणतमात्र भएन परिवारका चार जनालाई संधैका लागि गुमाउनु पर्दा चरौंदी मात्रै होइन आसपासका बस्ति पनि शोकाकुल बनेको छ ।
धादिङको धुषा गाविसको चरौंदीमा मध्यरातमा बिद्युत्त सर्ट भई घरमा आगलागी हुंदा चार जनाको घटनास्थलमानै ज्यान गएको छ ।
चरौंदी घुम्तीका रामप्रसाद थपलियाको घरमा राती एक वजे तिर भएको सो आगलागीबाट रामप्रसादका जेठा छोरा ५२ बर्षिय किशोरचन्द्र थपलिया, किशोरका छोरी योजना थपलिया, पोखरा बुढी चौर घर भएका योजनाका श्रीमान अनिलदेव घर्ति र उनकै ५ बर्षिया छोरी ज्वाईको घरभित्रै जलेर ज्यान गएको स्थानीयवासी मिलन सिलवालले वताउनु भयो । खुसी लिएर आएका अनिलदेव फर्किएर घर पुग्न त भ्याएनन उनको साथमै श्रीमती छोरीले पनि संसार छाडेका छन । पोखराको बुढीचौरमा वस्दै आईरहेको घर्ति परिवारले पनि ठुलो चोट सहनु परेको छ ।
शुक्रवार किशोरका भाई पवनको विवाह भएकाले विवाहको निम्तो मान्न आएकी किशोरकी छोरी योजना, उनका श्रीमान र छोरीको समेत आगलागीमा परेर ज्यान गएको हो । घटनामा परी किशोरकी श्रीमती अणकुमारी थपलिया गम्भिर घाईते हुनुभएको छ । शरिरको पछाडी भाग जलेर घाईते हुनुभएकी थपलियालाई उपचारका लागि काठमाण्डौं लगिएको छ । उपचारमा रहेकी थपलियालाई अहिले सम्म श्रीमान, छोरी ,ज्वाई र नातिनीको मृत्यु भएको खबर दिईएको छैन । अरुलाई पनि उपचारका लागि अन्य अस्पताल लगिएको भनेर ढांट्नु परेको थपलियाका आफन्तहरुले वताए ।
रातीको समयमा घर भित्रवाट एक्कासी चारैतिर आगो निस्किएपछि घरको तल्लो तलामा सुतेका ८३ बर्षिय रामप्रसाद,उनकी श्रीमती ६८ बर्षिया हरीमाया थपलिया,किशोरका जेठा छोरा ३० बर्षिय अभिषेक र कान्छा छोरा अशेष भने बच्न सफल भएका छन । छिमेकीहरुका अनुसार माथिल्लो तलामा एकैसाथ चारै तिरबाट आगो वल्न थालेपछि कोठा भित्र सुतेका अणकुमारी वाहेक अरु कोठा वाहिर निस्कन नसक्दा उनीहरु सबैको कोठा भित्रै जलेर ज्यान गएको हो । किशोरका छोरी योजनाको वाहेक अन्य सबैको शरिर जलेर केही भाग मात्र बांकी रहेको छ । योजनाको पनि शरीरको अधिकांश भाग जलिसकेको छ ।
DSC_4276इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार आगलागीवाट थपलिया परिवारमा ५० लाख भन्दा बढीको क्षती पुगेको छ ।
DSC_4287रातीको समयमा आगलागी भएकाले उद्धारमा निकै कठिनाई भएको र घर भित्र सुतिरहेका व्यक्तिलाई वाहिर निकाल्न नभ्याउंँदा दुःख घटना हुन पुगेकोे स्थानीयले वताएका छन । घटना पछि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गजुरी, जोगिमारा प्रहरी चौकीवाट गएको प्रहरी टोलीले आगो निभाउने प्रयास गरेपनि असफल भएका थिए ।