रि गाविसमा एक युवकको शव भेटियो

866 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

maro

धादिङ– दुई बर्ष अघि धादिङको दार्खामा भएको एक हत्याकाण्डमा संलग्न भएको आरोप लागेपछि फरार रहंदै आएका धादिङ दार्खाका श्याम तामाङ सोमबार विहान मृत अवस्थामा भेटिएका छन ।
धादिङको दार्खा गाविस वडा नम्बर ८ घर भई सोही ठाउंका भिषण सिम्खडालाई अपहरण पछि हत्या गरेको आरोप लागेपछि फरार रहंदै आएका तामाङ सोमबार विहान जिल्लाकै रि गाविसको वडा नम्बर १ कल्सिंगे भिरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
२०६९ मंसिर १५ गते एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य विजय तामाङको गुम्दी गाविसमा धारिलो हतियार प्रहार गरी हत्या भएपछि त्यस्को भोलिपल्ट राती दार्खा गाविसको रातमाटेमा भिषण सिम्खडाको पनि हत्या भएको थियो ।
चौविस घण्टाको फरकमा भएको दुई युवाको हत्यापछि दुवै पक्षले एकले अर्कोलाई हत्याको आरोप लगाएका थिए । सिम्खडा परिवारले हत्यामा संलग्न भएका व्यक्तिहरुको नाम किटानी गर्दै उनीहरुलाई पक्राउ नगरे सम्म शव नबुझ्ने अडान लिएर सदरमुकाममा एक साता सम्म विरोध प्रदर्शन गरेका थिए ।
हत्याको आरोप लागेपछि फरार रहँदै आएका तामाङलाई प्रहरीले खोज्दै आईरहेको भएपनि पक्राउ गर्न सकेको थिएन । सो घटनामा संलग्न अन्यलाई भने प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाएपछि उनिहरु अहिले पुर्पक्षका लागि थुनामा रहेका छन ।

 के थियो दार्खा हत्याकाण्ड ? 

२०६९  मंसिर १८ गते बेलुकी आठ वजेतिर दार्खा गाविसको वडा नम्बर १ रातमाटेमा दुवै हातखुट्टा बांधेर शरिरमा धारिलो हतियार प्रयोग गरि मारेर फालेको अवस्थामा प्रहरीले भीषणको शव भेटेको थियो । 

मंसिर १८ गते गुम्दी घटनामा मारिएका विजय तामाङ  धादिङको दार्खा गाविस वडा नम्बर ८का स्थायीवासिन्दा हुन ।  उनी एमाओवादी निकट रहेको वाईसीएल जिल्ला सदस्य तथा पार्टीको जिल्ला अधिबेशन आयोजक सदस्य हुन । तामाङ माथि ०६७ कात्तिक १ गते दशै मान्न घर गएका  नेकपा एमालेका  जिल्ला नेता शिव थापा मगरको हत्यामा संलग्न भएको आरोप लागेको थियो । तामाङ विरुद्ध कर्तव्य ज्यान मुद्धामा०६७ कात्तिक ७ गते जिल्ला अदालत धादिङमा मुद्धा दर्ता भएको थियो । अदालतको फैसला नआएसम्मका लागि भन्दै तामाङलाई तारिखमा छोडिएको थियो । तामाङ माथि ०६९ जेठ १२ गते गोरखामा भएको लुटपाट घटनामा पनि संलग्न भएको आरोप लागेको र उनी  फरार अभियुक्तका रुपमा रहेका  थिए   ।  
विजय तामाङको हत्या भएकै दिन मारिएका भीषण सिम्खडा पनि दार्खा गाविस वडा नमबर ७ का वासिन्दा थिए  । उनी एमाओवादी निकट रहेको  वाईसीएलको दार्खा गाउं कमिटीको कोषाध्यक्ष रहेका थिए  । ०६९ असोज १० मा सम्पन्न भएको वाईसिएल गाउँ अधिवेशनबाट कोषाध्यक्ष पदमा चुनिएका सिम्खडाले चालु बर्षका लागि एकिकृत नेकपा माओवादीको साधारण सदस्यता पनि नविकरण गराएक थिए ।  शशस्त्र संघर्षमा लागेका भुमिगत माओवादीलाई राशन र अन्य सहयोग पु¥याएको आरोपमा सेनाले नियन्त्रणमा लिएर चरम यातना दिएका कारण भीषणको बाबु  मुकुन्दको उपचार क्रममा मृत्यु भएको थियो । बाबुको मृत्यु पछि गाउंमै पसल चलाएर भीषणको परिवारले जिवन निर्वाह गर्दै आईरहेको थियो । 
           दुई बर्ष अघि एकै दिन  छुट्टाछुट्टै स्थानमा मारिएका विजय र भीषण एउटै पार्टीमा रहेपनि उनिहरुका बिच आपसि मिलाप भने थिएन । भीषण विजय तामाङको  हत्यामा संलग्न भएको आरोप लागेका अशोक संग निकटता रहेकै कारण एमाओवादीले विजयको हत्यामा संलग्न भन्दै भीषणलाई अशोक तामाङको समूहको व्यक्ति भनेर आरोप लगाएको थियो । हत्या हुनुअघि सम्म  गाउंमा विजय र अशोकको आ–आफ्नो  समूह भएका कारण उनीहरुका बीचमा  पटकपटक झगडा हुंदै आईरहेको थियो ।  ०५६ मा अशोकलाई विजय समूहको भनिएका टीकाराम तामाङले आक्रमण गरेपछि दुई समूहका बिच विवाद बढ्दै गएको थियो। 
    टीकारामलाई ०६३ माघ २४ मा गोली हानेपछि अशोक ५ वर्ष जेल परेको र यी दुई समूहका युवाबीच १२ बर्ष अघि देखि तनाव बढेको थियो । ०६९ मंसिर १८ गते विजय गुम्दी गएको बेला अशोक समूहले विजयको हत्या गरेपछि हत्यामा संलग्न भएकालाई खोजी गर्ने नाममा  भीषणको हत्या भएको थियो ।