भारत पुगेर अलपत्र परेका नावालक अविभावक लाई जिम्मा

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10965448_785243978232369_603685652_nधादिङ–विभिन्न समयमा छिमेकी देश भारत पुगेर अलपत्र परेका नेपाली नावालकहरु लाई भारतीय समाज कल्याण अधिकारीले प्रहरी मार्फत अविभावकहरु लाई नावालक जिम्मा लगाएका छन् ।
घरको गरिवी वाट उन्मुक्ती पाउन छिमेकी संग गत एक वर्ष मंसीरमा भारतको होटलमा काम गर्न गएका कल्लेरी– २,स्यालटारका १४ वर्षीय वालक प्रकाश परियार लाई भारत राजधानी नया“ दिल्ली स्थित चाईल्ड वेलफेयर काउन्सिलका समाज कल्याण अधिकारी श्रवण पाण्डेले आमा विन्दा परियार लाई विहीवार जिल्ला प्रहरीमा हस्तातरण गरेका छन् । श्रीमानले कान्छी श्रीमती लिएर ८ वर्ष देखि वेपत्ता भएको कारण पेट पाल्न ज्याला मजदुरी गर्दै आएकी विन्दा परियारले भनिन् –‘ थर्पु गाउंका चिनजानको मान्छेले दिल्लीमा आफनै होटल छ, मासिक रकम पठाइ दिउला भने पछि छोरा १३ वर्ष हुंदानै गत वर्षको मंसीरमा संगै पठाएकी हु“’ ।
भारतीय समाज कल्याण अधिकारी पाण्डेले छानविन गरि ठेगाना र अविभावक पत्ता लागेका दैलेखका २, सर्लाही , वांके र धादिंङ जिल्लाका एक÷एक जना किशोर लाई प्रहरी मार्फत अविभावक जिम्मा लगाएका हुन् ।
भरतीय समाज कल्याण अधिकारी पाण्डेका अनुसार दिल्ली स्थित वालगृहमा नेपाल लगायत सार्क मुलुकका २ सय वालिका र ५ सय नावालक हरु रहेको वताएका छन् । पाण्डेका अनुसार आफनो घर नारायण घाट स्कुल अगाडी र काठमाण्डौं घर वताउने २ जना वालकहरुको पनि ठे्गाना छानविन भैरहेको वताए ।