जनवादी गायिका निर्मला आधुनिकतिर

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – एक समय जनवादी गीतमा आफ्नो परिचय बनाएकी गायिका तथा सञ्चारकर्मी निर्मला घिसिङले पछिल्लो समय लोक तथा आधुनिक गीततर्फ सक्रियता देखाएकी छन् राजधानी दैनिकले खबर लेखको छ ।

a6af3f8df516cb659d7443eff3261818यसै क्रममा उनले आफ्नो एकल गीतिसंग्रह ‘रहर’ श्रोतामाझ ल्याएकी छन् । आफ्नो स्वरमा नेपाली सुगम संगीतमा लोक, आधुनिक र सेलो गीतहरू संगालेर उनले यो गीतिसंग्रह बजारमा ल्याएकी हुन् ।

विगतमा जनवादी गायिकाको रूपमा पचिरित घिसिङको यो पहिलो एकल लोक आधुनिक गीतिसंग्रह हो । रहरमा उनले सातओटा गीत समेटेकी छन् । जसमा एउटा गीत तामाङ भाषामा संगृहीत छ ।

निर्मलाको एकल स्वरको यो गीतिसंग्रहमा चन्द्रकुमार दोङ, भरत लामा, दीपेश प्रधान, माइला लामा, विशाल स्याङतानको शब्द÷संगीत रहेको छ । जसमा ‘आज भोलि…’, ‘होइ च्याङ्बा…’, ‘ङा जामे…’ (तामाङ गीत), ‘उकाली ओराली…’, ‘तिमीसँग…’, ‘चौतारीको वरपीपल…’, ‘सस्तो महँगो…’ बोलका गीतहरू छन् ।

फापरबारी–४ मकवानपुरकी घिसिङ विगत १० वर्षदेखि गायन क्षेत्रमा सक्रिय छिन् । उनले गाएका गीतहरू ‘आस्थाका स्वरहरू’, ‘मर्दैन बलिदान कहिल्यै’, ‘रातो घाम’, ‘नयाँ नेपाल’ लगायतका गीतिसंग्रहमा संगृहीत थिए । त्यस्तै, उनले पाश्र्व गायिकाको रूपमा ‘गुन्यू चोली,’लगायतका आधा दर्जन तामाङ चलचित्रमा गीत गाइसकेकी छन् ।

कुनै बेला सामना परिवारमा रहेर जनवादी गीत÷संगीतमा आफूलाई समर्पित गरेकी घिसिङले पछिल्लो समय गाएको लोक आधुनिक गीत श्रोताले मन पराउने थालेका छन् । सोही कारण अब लोक आधुनिक गायनलाई पनि निरन्तरता दिने उनले बताइन् ।