धादिङका पत्रकारहरुको सहकारीमा नयाँ नेत्तृत्व

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_7240धादिङ, २४ माघ – कृयाशिल पत्रकारहरु मात्र शेयर सदस्य रहन पाउने चौतारी संचार सहकारी संस्था लाई धादिङ संचार सहकारी संस्थाको रुपमा नाम परिवर्तन गरिने भएको छ ।
शनिवार सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको संस्थाकोे दोश्रो बार्षिक साधारण सभाले संस्थाको नाम परिवर्तनको प्रस्ताव संगै सर्वसम्मतवाट आगामी तीन बर्षका लागि एघार सदस्यिय संचालक समितिका नयाँ संचालक समितिको पनि चयन गरेको हो । साधारण सभावाट संस्थाको संचालक समितिको अध्यक्षमा राजेन्द्रकुमार बस्नेत,उपाध्यक्षहरुमा पोषनाथ अधिकारी र अर्जुन खतिवडा, महासचिवमा मुरारी अधिकारी,सचिवमा ठाकुर गुरुङ र कोषाध्यक्षमा तिलक सिम्खडा र सदस्यहरुमा केशव अधिकारी,नारायण सिलवाल,सृजना खनाल, मनिष दुवाडी र शंकर श्रेष्ठ चयन हुनु भएको छ ।
सूचना तथा संचार सहकारी केन्द्रिय संघका सदस्य दिपक कोईरालाको प्रमुख आतिथ्य एवम संस्थाका अध्यक्ष राजाराम शर्माको अध्यक्षतामासम्पन्न भएको साधारण सभालाई नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली र निवर्तमान अध्यक्ष सीताराम वर्माले सम्वोधन गर्नु भएको थियो । साधारण सभाले संस्थाको नाम परिवर्तन संगै आगामी बर्ष देखि जिल्लामा रहेर सहकारीका क्षेत्रको उत्कृष्ठ समाचार लेख्ने एक जनालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभाले निवर्तमान अध्यक्ष राजाराम शर्माको संयोजकत्वमा पुष्प थपलिया र सुदिप कोईराला सदस्य रहेको लेखा समिति,केशव अधिकारीको संयोजकत्वमा गिता अधिकारी र मनिष दुवाडी सदस्य रहेको ऋण उप समिति, नारायण सिलवालको संयोजकत्वमा मुना सिम्खडा र सुनिता सिम्खडा सदस्य रहेको शिक्षा उप समितिको पनि गठन गरेको छ । त्यसै गरी संस्थाद्धारा प्रकाशित हुने सहकारी सरोकार मासिक पत्रिकाको व्यवस्थापनका लागि शंकर श्रेष्ठको संयोजकत्वमा गोमा थापा सदस्य रहेको प्रकाशन उप समितिको समेत गठन गरेको छ । सहकारी सरोकार मासिकको सम्पादकमा भने गोकर्ण दुवाडी रहनु भएको छ ।