विदेश जाँदा नेपाल टेलिकमकै नम्बरबाट फोन गर्न सकिने

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Snapshot(2)काठमाडौँ :  नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर   ‘नेपाल टेलिकम’ र ‘एनटी प्रो’ एप सुरु गरेको छ। नेपाल टेलिकम एपमार्फत् कम्पनीका जिएसएम, सिडिएमए र एडिएसएल सेवाबारे  जानकारी लिन सकिन्छ।   त्यसैगरी रिचार्ज कार्ड समेत एपबाट किन्न सकिने छ पहिलो पोष्ट डट कम ले खबर लेखेको छ ।

  एप मार्फत १९७ मा डायल गरी फोन नम्बर सोध्न पनि सकिन्छ।   त्यसैगरी ‘एनटी प्रो’ SIP मा आधारित एप हो। यसबाट पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले रोमिङ सेवाको उपयोग गर्न सक्छन्। यो एप डाउनलोड गरेपछि विदेशबाट समेत आफ्नै मोबाइल नम्बरबाट नेपालमा समेत कल गर्न सकिन्छ। यो सेवा जिएसम पोस्टपेड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ। अहिले यो सेवा नि:शुल्क प्रयोग गर्न पाइन्छ भने टेलिकमले पहिलो चरणमा कर्पोरेट सेक्टरमा मात्र सेवा दिइएको बताएको छ। यो सेवा प्रयोग गरेपछि विदेशबाट फोन गर्दा र रिसिभ गर्दा रोमिङ खर्च कम लाग्नेछ।  एन्टी प्रो मोबाइलमा डाउनलोड गर्न एन्ड्रोइडका लागि प्ले स्टोरमा र आइओएसमा एप्पल स्टोरमा जेनकम मोबाइल कम्युनिकेसन (GENCom Mobile Communications) डाउनलोड गर्नुपर्नेछ। डाउनलोड गरेपछि टेलिकमले युजरनेम र पासवर्ड उपलब्ध गराउने छ।