विकास पत्रकारिता पुरस्कार शिव सिलवाललाई

711 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4496धादिङ,-पत्रकारिताको माध्यमबाट धादिङ जिल्लाको आर्थिक, सामाजिक तथा समग्र विकासका निम्ति टेवा पु¥याएको भन्दै नेपाल टेलिभिजनका धादिङ समाचारदाता शिव सिलवाललाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमवार धादिङबेसीमा आयोजना गरिएको २२ औं जिल्ला परिषदको निर्णय सार्वजनिकरण कार्यक्रममा सिलवाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत सिलवाललाई धादिङका जिल्ला न्यायधिश रमेशराज पोखरेलले नगद दश हजारका साथ दोसल्ला ओढाउनुका साथै  सम्मान–पत्र प्रदान गर्नुभएको थियो । जिल्ला विकास समिति धादिङ र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा स्थापना गरेको एक लाख राशीको विकास पत्रकारिता पुरस्कार कोषवाट सिलवाललाई यो बर्षको विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत सिलवाल एक दशक अघि देखि धादिङ जिल्लामा रहेर पत्रकारितामा सक्रिय रहंदै आईरहेका छन । पुरस्कृत सिलवालले आंफुले प्राप्त गरेको पुरस्कार रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको भवन निर्माणका लागि प्रदान गरेका छन ।
जिल्लामै रहेर विकास पत्रकारितामा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष जिल्ला परिषदको बेला पारेर पुरस्कृत गर्ने उद्देश्यले अघिल्लो बर्षदेखि संयुक्त रुपमा विकास पत्रकारिता कोष स्थापना गरिएको थियो । उक्त पुरस्कार पहिलो बर्ष नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका संस्थापक अध्यक्ष अध्यक्ष सिताराम बर्माले प्राप्त गरेका थिए । यसैगरी जिल्ला परिषदकै अवसर पारेर एसियाड खेलकुदमा करांतेमा कांस्य पदक जितेर नेपालको नाम राख्न सफल धादिङ सेमजोङकी करांतेखेलाडी विमला तामाङ,अघिल्लो बर्षको एसएलसी परीक्षामा शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउन सफल जिल्लाका चारवटा सामुदायिक बिद्यालयलाई लाई नगद ५० हजारका दरले पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुने बिद्यालयहरुमा भुवनेश्वरी माध्यमिक बिद्यालय चैनपुर,वालादेवी मावि खरी, शंखादेवी मावि खाल्टे र सुनौलाभैरवी मावि सुनौलावजार रहेका छन ।
जिल्ला परिषदकै अवसरमा लक्षित कार्यक्रम निर्धारित समय भित्र लक्ष्य सहित सम्पन्न गर्न सफल जिल्ला भु संरक्षण कार्यालय र कार्यालय प्रमुख राजु सापकोटा, जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सफल तत्कालिन जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, स्वास्थ्य सेवालाई गाउं गाउं सम्म पु¥याउन उल्लेखनीय योगदान पु¥याउने तत्कालिन बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउद र जिल्ला स्वासथ्य कार्यालयलाई पनि सम्मान गरिएको थियो ।