हिमाल देखि महाभारत क्षेत्रलाई जोड्ने कार्यक्रम सहित २२ औं जिल्ला परिषद सम्पन्न

831 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4449धादिङ,२६ माघ-सडक सञ्जाल नपुगेका उत्तरी धादिङका हिमाली भेगका पांच गाविसमा आगामी पांच बर्ष भित्र मोटर गुड्ने सडक विस्तार गरिने भएको छ । जिल्लाको विकासका लागि दिर्घकालिन लक्ष्य सहित धादिङ जिल्लाको २२ औ जिल्ला परिषद सोमवार धादिङबेसीमा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ०७२÷७३ का लागि चालुतर्फ ३ अर्ब ३५ करोड ८१ करोड ४७ लाख २ हजार ९ सय ८३ रुपैयाको प्रस्तावित वजेट प्रस्तुत गर्दै परिषद सम्पन्न भएको हो ।
परिषदले सडक नपुगेका जिल्लाका विकटमा रहेका तिप्लिङ,सेर्तुङ,झार्लाङ,लापा र रि गाविसमा सडक विस्तार गर्न साङकोष तिप्लिङ, सोमदाङ सडकको गुरु योजना सार्वजनिक गर्दै छुट्टाछुट्टै खण्डको सडक योजना समेत सार्वजनिक गरेको छ । जस अन्र्तगत चालु आर्थिक बर्षका लागि किन्ताङफेदी राउते गणेशहिमाल मावि सम्मका लागि २० लाख, घ्याङसाङ डुण्डुरे खोला ट्रयाक विस्तारका लागि ३५ लाख, लिस्नेखोला सेर्तुङ सम्मको लागि ३५ लाख र सोमदाङ तिप्लिङ खण्डका लागि ३५ लाख गरी १ करोड ५ लाख रुपैया उत्तरी क्षेत्रका विकट वस्तिमा सडक विस्तारका लागि खर्च गरिने भएको छ । आगामी बर्षको लागि भने परिषदले सोही सडक निर्माणका लागि ४ करोड १५ लाख वजेट प्रस्ताव गरेको छ । ४६ गाविस र १ नगरपालिका रहेको धादिङ जिल्लाको उत्तरी भेगका ५ गाविसमा अझै सम्म सडक सञ्जाल विस्तार हुन सकेको छैन ।
DSC_4529जिल्ला विकास समितिले ल्याएको नयाँ योजनालाई कार्यान्वयन गराउन सकिएमा जिल्लाको अति विकट मानिएका उत्तरी धादिङका हिमाली वस्तीसंग जिल्ला सदरमुकाम र राजधानी संग सजिलैसंग सडक सञ्जाल जोडिने धादिङ क्षेत्र नमबर १ का सभासद धनवहादुर घलेले वताउनु भयो । सोमबार जिल्ला विकास समितिमा आयोजित २२ औं जिल्ला परिषदबाट स्वीकृत नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गर्दै स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले जिल्लाको आगामी बजेट र निती तथा कार्यक्रमबारे जानकारी गराउनु भएको हो । परिषदले आ.ब. ०७२÷७३ को लागि प्रस्ताव गरेको कुल वजेट मध्ये क्षेत्र नम्बर १ मा १९ करोड ५ लाख ४३ हजार ३ सय १० रुपैया(कुल वजेटको २१.९१प्रतिशत), क्षेत्र नम्बर २ मा ३५ करोड ४० लाख ५९ हजार ९ सय ३५ रुपैयाँ (कुल वजेटको ४०.७२ प्रतिशत), क्षेत्र नम्बर ३ मा ३२ करोड ४९ लाख ११ हजार ३ सय चालिस रुपैयाँ (कुल वजेटको ३७.३७ प्रशिशत) विनियोजन गरिएको स्थानीय विकास अधिकारी तामाङले वताउनु भयो ।
जिल्ला परिषदले आगामी ५ बर्ष भित्र जिल्लाका विभिन्न स्थानमा रहेका तुईनहरु विस्थापन गराई सो ठाउंमा झोलुङ्गेपुल निर्माण गर्ने कार्यक्रम पनि अघि सारेको छ । पहिलो चरणमा कुम्पुर गाविसको खरमटार वाट गजुरी गाविसको चाम्वास विहानी पम्प पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गेपुल निर्माण शुरु गरिने भएको छ । पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न स्विस सरकारको ३० लाख रुपैया सहित १ करोड २० लाख रुपैया वजेट विनियोजन गरिएको स्थानीय विकास अधिकारी तामाङले परिषदमा जानकारी गराउनु भएको छ । यसै गरी आर्थिक बर्ष २०७२÷७३ मा पांच वटा पक्की पुलको पनि निर्माण गरिने भएको छ । यसरी निर्माण गरिने पुलहरुमा साङकोष तिप्लिङ सोमदाङ सडकको डुण्डुरे खोला, थुम्बु मानेटारी खण्डको थम्बुखोला, धादिङबेसी खाल्टे खण्डको अरुणखोलामा मोटरवेल पुल निर्माण गरिने वताईएको छ ।
DSC_4533परिषदले पहिलो पटक दक्षिणी धादिङको अति विकटमा रहेको ब्रुसबाङका चेपाङ समुदायको मागलाई सुनुवाई गर्दै खानेपानीको समस्या रहेको यस बस्तीमा लिफ्ट खानेपानी संचालनका लागि १ करोड ४० लाखको परियोजना प्रस्ताव गरेको छ । गाउं नजिकै खानेपानीको श्रोत नभएका कारण ब्रुसबाङका चेपाङ समुदाय गाउं देखी ३ घण्टा तल रहेको कुवामा पुगेर दैनिक पानीको जोहो गर्न वाध्य हुंदै आईरहेका छन । ब्रुसबाङ लिफ्ट खानेपानी परियोजनाका लागि युनएनडिपी र कोरीया सरकारको दातृ निकाय कोइकाले संयुक्त रुपमा १ करोड ५ लाख रुपैया आर्थिक सहयोग उपलव्ध गराउने भएका छन ।
पूर्वाधार विकास अन्र्तगत सडक तथा खानेपानी र सरसफाइ कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखेको छ । यसैगरी बिद्युत्त तथा बैकल्पिक उर्जा,कृषि तथा सहकारी,भुमि व्यवस्थापन,शिक्षा,स्वास्थ्य,लक्षित वर्ग बिशेष कार्यक्रममलाई पनि पनि उच्च उच्च प्राथमिकता दिंदै जिल्लाको विकास गर्न सकिने प्रस्ताव पारित गर्दै जिल्लाको पाच बर्षिय आवधिक योजना अनुरुप प्राथमिकताका आधारमा विकास आयोजना संचालन गर्नमा जोड दिने वताईएको छ ।
आगामि वर्र्षका लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रमले जिल्लाको सरसफाई अभियान, ग्रामीण पर्यटन तथा पुर्वाधार विकास, सडक निर्माण, सुधारिएको चुल्होे, झोलुुङगे पुल निर्माण, लक्षित समुदायका लागि प्रबद्र्धनात्मक कार्यक्रम, स्वास्थ्य तथा शिक्षा, वन तथा वातावरण संरक्षण लगायतका कार्यक्रमलाई समेत जोड दिइएको छ । परिषदले ग्रामीण सडक,कृषि,पर्यटन तथा जलश्रोतमा मुख्य प्राथमिकता दिंदै वहुचर्चित बुढीगण्डकी जलबिद्युत्त आयोजनाका लागि जोड दिइएको स्थानीय विकास अधिकारी तामाङले वताउनु भयो ।
सार्वजनिकीकरण कार्यक्रममा सभासदहरु गुरुप्रसाद वुर्लाकोटी,धनवहादुर घले, दिलमान पाख्रिनका साथै पुर्व सभासद पुष्पविक्रम मल्ल, विरवहादुर तामाङ, पुर्व सांसद रामनाथ अधिकारीका साथै विभिन्न दलका प्रमुख, प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरु,गैससका प्रतिनिधि,संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।