कार्यकक्षभित्र प्रवेश गरेर कुटपिट गर्नेहरुमाथी किटानी जाहेरी

663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4437धादिङ-कार्यकक्षभित्र प्रवेश गरेर प्रधानाध्यापक सहित महिला शिक्षक माथी कुटपिट गर्नेहरुमाथी जिल्ला प्रहरी कार्यालय धादिङमा किटानी जाहेरी दर्ता भएको छ । धादिङको वेनिघाट गाउं विकास समिति वडा नम्बर ३ हर्कपुरमा रहेको हर्कपुर माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी, अभिभावक कृष्णनारायण श्रेष्ठ माथि हातपात गरी कार्यालय तोडफोड गर्नेहरुलाई कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएका हुन् । बिद्यालयको कक्षा थप गर्ने अनुमती समयमै नपाएपछि अघिल्लो वर्ष ९ कक्षा उत्तिर्ण गरेका १८ जना विद्यार्थीले यस वर्ष हुने एसएलसी परीक्षामा सहभागी हुन नपाउने विषयमा छलफल गर्न विद्यालय पुगेका अभिभावकसंगै विद्यालय प्रवेश गरेका  मदिरा सेवन गरेका केही गैर अभिभावकहरुबाट शिक्षकहरु माथी आईतबार कार्यालय कक्ष भित्रै हातपात भएको थियो । घटनामा संलग्नहरुलाई छानविन गरी कारबाही गर्न माग गर्दै सार्वजनिक अपराध अन्तर्गत जाहेरी दिइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । आइतबार प्रधानाध्यापक र शिक्षक एवम अभिभावकलाई कुटपिट गरेपछि सोहस् समुहले बिद्यालय प्रशासनको चावी नियन्त्रणमा लिएर अर्को ताला लगाएपछि उक्त घटनाको विषयलाई लिएर सोमवार विद्यालयको पठन पाठन समेत बन्द भएको विद्यालयले जनाएको छ ।