दिल्लीमा आम आदमीलाई ६७ सिट, भाजपा ३, कांग्रेस शून्य

574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Arvind_640384631_892845925_959364844
नयाँदिल्‍ली: भारतको दिल्ली विधानसभा चुनावमा अरविन्द केजरीवाल नेतृत्‍वको आम आदमी पार्टीले अभूतपूर्व जित हासिल गरेको छ। सत्तारुढ दल भारतीय जनता पार्टीलाई निकै पछाडि पारेर आम आदमीले विधानसभा कब्जा गरेको छ।

शानदार बहुमतसहित नौ महिनाअघि केन्द्रीय सरकारको नेतृत्व लिएका भारतका प्रधानमन्त्री नरेन्‍द्र मोदीको लोकप्रियतालाई दिल्ली चुनावले फिक्का पारिदिएको छ।मोदी नेतृत्वको भाजपाको दिल्लीमा लज्जाजनक पराजय भएको छ। अघिल्लो चुनावमा ३२ सिट जितेको भाजपा यसपाली बिपक्षीको हैसियतमा पनि आउन सकेन।

मतगणनाको अन्तिम नतिजाअनुसार ७० स्थानका लागि भएको चुनावमा आम आदमी पार्टीले ६७ सिटमा जितेको छ भने भारतीय जनता पार्टी जम्मा ३ स्थान हात पारेको छ। यस्तै कांग्रेस भने शून्य स्थानमा झरेको छ। कांग्रेसको पचासभन्दा बढी स्थानमा जमानत जफत भएको छ।
आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल अब दिल्‍लीको मुख्यमन्त्री बन्‍ने भएका छन्।भारतीय जनता पार्टीको तर्फबाट दिल्लीको मुख्य मन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत किरण वेदी आफ्नै चुनाव क्षेत्र कृष्णनगरबाट पराजति भएकी छिन् । उनलाई आम आदमी पार्टीका उम्मेदवार एस के बग्गाले दुई हजारभन्दा बढी मतले हराएका हुन् ।
चुनावको परिणाम जारी रहदै भारतीय प्रधानमन्त्री एवं भारती जनता पार्टीका अध्‍यक्ष समेत रहेका मोदीले बीजेपीको पराजय स्‍वीकार गर्दै ट्विटमार्फत आम आद्‍‌मी पार्टीका अरबिन्द केजरिवाललाई बधाइ दिएका छन्।  दिल्लीको विकासमा केजरीवाललाई पुरै सघाउने वचन पनि दिएका छन्। कांग्रेस अध्यक्ष सोनिया गान्धी र राहुल गान्धीले पनि केजरीवाललाई बधाइ दिएका छन्।यस्तै सामाजिक अभियन्ता  अन्‍ना हजारले पनि दिल्ली चुनाव मोदीको हार  र केजरीवालको जित भएको प्रतिक्रिया दिएका छन् ।
यसअघि भएको भारतको विधानसभाको चुनावमा २८ सिट जितेको आम आदमीका केजरीवाल ४९ दिनसम्म मुख्यमन्त्री बनेका थिए। अघिल्लो चुनावमा ३२ सिट जितेको भाजपाले भने यस पटक किरण बेदीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ।

-अन्नपूर्ण पोष्ट वाट