भैंसी र सिंहबीच भिडन्त, अन्तत: दुबै मरे

1365 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

buffalo and line war3

 जाम्बियाको साउथ लिउवाङ्गा नेशनल पार्कमा भैंसी र सिंहबीचको घम्साघम्सीले अन्तत दुबैको ज्यान गएको छ । जंगलको राजा मानिने सिहंले एक भैंसीमाथि अकस्मात आक्रमण गरेपछि यी दुईबीच रक्तपातपुर्ण भिडन्त भएको थियो ।
भैंसी र सिंहबीचको घम्साघम्सी चलिरहेको बेला सो पार्कमा सफारी गाइडको काम गर्दै आएका मैट आर्मस्ट्रांग फोर्डले यो भयानक दृष्यलाई क्यामरामा कैद गर्ने मौका पाएका थिए ।
एक घण्टा लामो घम्साघम्सीमा भैंसीले हानेर ६ वर्षको वयस्क सिंह गम्भीर घाइते भएर घटनास्थलमै पछारिएको थियो । प्रत्यक्षदर्शी आर्मस्ट्रांग भन्छन्, “दुवै जनावर एकआपसमा लड्दा रगताम्य भएका थिए । उक्त भिडन्त  निकै भावुक र दर्दनाक थियो । यस्तो घटना यसअघि कहिल्यै देखेको थिइनँ ।”
सो टकरावको केहि दिन अन्तरमा अन्ततः दुवै जनावर मरेका छन् । सिंहले टोकेपछि चोटग्रस्त भएको भैंसी इन्फेक्सनले मरेको र भैंसीको चोट खप्न नसकेर सिंहपनि मरेको डेलीमेलले उल्लेख गरेको छ ।

एजेन्सी/फोटो :मैट आर्मस्ट्रांग फोर्ड