म अहिले सुध्रिएको छु-अभिनेता दिलिप रायमाझी

1099 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dillip-230x295काठमाण्डौं, -नायक दिलिप रायमाझीले आफूले केही बर्षअघि बाहिर मन डुलाउँदा घरबार बिग्रिएको खुलासा गरेका छन् । चलचित्रको पर्दामा सोझा देखिने रायमाझी वास्तवीक जिवनमा भने त्यस्तो नरहेको स्विकार गरेका छन् ।

वास्तविक जीवनमा तपाई कस्तो लोग्ने मान्छे ? भन्ने प्रश्नमा ‘लोग्ने मान्छे’ चलचित्रका नायक दिलिपले भने-‘म अहिले सुध्रिएको छु र आफ्नै घर व्यवहारमा व्यस्त छु । तर, केही बर्ष अघि बाहिर मन डुलाउँदा म बिग्रिएको थिएँ ।’ उनले नढाटी भन्दा आफू चलचित्र ‘लोग्ने मान्छे’को क्यारेक्टर जस्तै वास्तविक जीवनमा पनि केही समय अघि सम्म भएको बताए ।

नवुझ्दा सम्म, हरेक कुरामा अज्ञानी हुँदा यस्तो हुँदो रहेछ भन्दै दिलिपले अब आफू भ्रमबाट मुक्त भएको खुलाएका हुन् । यस्तो हुँदा के घरमा घर झगडा भएको थियो त भन्ने प्रश्नमा भने दीलिपले खासै केही बोलेनन् । उनले यसलाई अब आफै मिलाएर वुझ्नु होला मात्र भने ।

पारिवारिक र प्रेम कथाका चलचित्र खेलेर दिलिपले लाखौ दर्शकको मन जितेका छन् । दिलिपले खेलेका ‘आफ्नो मान्छे हुन् या दर्पणछाँया’ दर्शकको मानसपटलमा अझै पनि छन् । लय संग्रौलाले निर्देशन गरेको चलचित्र ‘लोग्ने मान्छे’ माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ । दिलिपले यो चलचित्रबाट आफूले ठूलो आशा राखेको समेत बताएका छन् ।

चलचित्रको करिअरको दौरानमा आफूमा थुप्रै उतारचढाव आएको भन्दै दिलिपले अब आफूले सही मार्ग पत्ता लगाएको बताए । दिलिपले भने-‘हो मैले विचमा जथाभावी चलचित्र खेले, आफूलाई मेन्टेन गरिन । अब, म कम चलचित्र मात्र खेल्छु, नराम्रो लाग्यो बरु खाली बस्छु ।’**

-सेतो परेवाबाट