गोठालो जाँदा सुन भेटेपछि…

587 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 gothalo_sun_1423463100

बाटोमा हिँड्दा हिँड्दै १७ पाउण्ड तौल भएको सुन फेला पार्नुभयो भने तपाईं कस्तो महसूस गर्नुहुन्छ ? चीनको सिनचियाङ प्रान्तको सुदूरपश्चिम भागमा रहेको याइगर क्षेत्रमा बेरेक साउत नामक एक भेडा गोठालोले १७ पाउण्ड तौल भएको सुनको ढिक्का फेला पारेका छन् । सुन २३ सेण्टिमिटर लामो र १९ सेण्टिमिटर चौडाइ भएको बताइएको छ । भेडा चराउन जाने क्रममा आफूले जमीनमा उक्त सुन फेला पारेको साउतले बताएका छन् । सुन ८० प्रतिशत शुद्ध रहेको र यसको मूल्य करीब १६ लाख युआन (२ लाख २५ हजार डलर) पर्नसक्ने
बताइएको छ ।

उक्त क्षेत्रमा सुनखानी रहेको र २०औं शताब्दीको पूर्वाद्र्धमा रसियनहरुले त्यहाँ उत्खनन थालेका थिए । तर, त्यस क्षेत्रमा जनविद्रोह फैलिएपछि उनीहरुले उत्खनन कार्य त्यत्तिकै छोडेका थिए । हाल सिनचियाङ प्रान्तमा ६ सयभन्दा बढी सुनखानी सञ्चालनमा आएको छ । गतवर्ष मात्र त्यस क्षेत्रले २० टनबराबरको सुन उत्पादन गरेको थियो । त्यहाँको सबै खानी राज्यको भएकाले उसले भेट्टाएको सुन राज्यले दाबी गर्नसक्ने बताइएको छ । तर, अहिलेसम्म स्थानीय सरकारले यसको दाबी भने गरिसकेको छैन ।