साहसिक दुई चेपाङवालिकाको लागि सहयोग जुट्दै

808 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0075जवाङ–नदी तर्ने झोलुङ्गे पुल नहुँदा विना सुरक्षा ट्युवमा बसेर दिनहुँ जोखिमपुर्ण त्रिशुली नदी वारपार गर्दै विद्यालय जाने गोरखा भुम्लिचोक–८ हुइलिङबेसीका बालिकालाई सुरक्षित यात्राका लागि सहज हुने विग रिभर ट्युव (बोटिङ ट्युव) सेट सहित सोलार र शैक्षिक सामाग्री दिइएको छ ।
जोखिमयुक्त यात्रा गरेर विद्यालय जान विवस बालिकाहरु बारे नागरिक दैनिक रि पव्लिका अंग्रेजी दैनिकमा समाचार आएपछि  उनीहरुको समस्यालाई सम्बोधन गर्दै विभिन्न व्यक्ति र संस्थाहरुले करिव ८० हजार बराबरको अत्यावस्यकिय सामाग्री प्रदान गरेका हुन् ।
लामो समयदेखी नेपाल बस्दै आएकी अष्ट्रेलियन नागरिक लिण्डेल केइन र ट्रिनिटी कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुको समुह सहयोगका लागि पहिलो पाइलाका तर्फबाट याङ्ला नाओमी र फिल्म निर्माता एवं कलाकार अमित ढुंगानाले संयुक्त रुपमा विग रिभर ट्युव, प्याडल, वाटरप्रुफ व्याग बालिकाहरुलाई त्रिशुली किनारमै पुगेर सहयोग गरेका छन् । मस्टो आउट डोर्सका रमेश कुँवरले एक सेट पम्प, धादिङ घर भई काठमाडौंमा आउटडोर हिमालयन ट्रेक्समा कार्यरत बद्री अर्यालले दुई थान लाइफ ज्याकेट उपलव्ध गराएका छन् । धादिङ कुम्पुर– आदमटार घर भई काठमाडौंमा क्यारियर इन्टरनेशनल सर्भिसका (म्यानपावर व्यवसायी) प्रबन्ध निर्देशक श्यामचन्द्र खतिवडाले चार घरका निम्ति २० वाट क्षमताका चार सेट सोलार बत्ति उपलव्ध गराएका छन् । नाष्टका प्राज्ञ एवं पुल्चको इञ्जिनियरिङ क्याम्पसका भिजिटिङ प्रोफेसर जगन्नाथ श्रेष्ठले दुई थान सोलार ल्याम्प उपलव्ध गराएका छन् । सिड्स धादिङको तर्फबाट कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक गंगा सुवेदी र पुर्व उपाध्यक्ष रामचन्द्र रुपाखेतीले बालिकाहरुलाई एक वर्षलाई पुग्ने शैक्षिक सामाग्री र स्कुल ड्रेस त्रिशुली किनारमै पुगेर हस्तान्तरण गरेका छन् ।
लिण्डेलले आफ्नो जन्म दिनको उपलक्ष्यमा घोषणा गरेको अभियानममा सहयोगका लागि पहिलो पाइलाले साथ दिएको थियो । दिनहुँ विना लाइफ ज्याकेट नदी तर्दा ट्युव पल्टिएर हुनसक्ने जोखिमबाट बचाउन अभियान चलाएको लिण्डेलले बताइन् । विद्यार्थीहरुको सहयोगका लागि पहिलो पाइलाले काठमाडौंको बौद्ध लगायतका स्थानमा ह्याण्डि क्राफ्ट, कुकिज, पानी पुरी लगायतका सामाग्री बेचेर अभियानबाट रकम संकलन गरी सहयोग गरिएको याङ्लाले बताइन् । उनले भनिन हामी जस्तै कुल जाने साथिहरुको यो दुःख देखेर हामीले स्वयंसेवी भावले अभियान चलाएर सहयोग गर्न पाएकामा खुसी लागेको छ ।
DSC_0087कलाकार एवं फिल्म निर्माता अमित ढुंगानाले  काठमाडौंबाट यति नजिकमा पनि यस्तो समस्या छ भन्ने थाहा पाएपछि सगयोग गर्ने रुचि जागेर , हामी सबै मिलेर अभियान थाल्यौं भने यहाँ पुल निर्माण पनि गर्न सक्छौं तर पहिले बालिका जोगाऔं अनि अन्य अभियान सञ्चालन गरौंला भनेर पहिलो प्रयत्न गरेको बताए । बालिकाहरुलाई यो नै सम्पुर्ण हैन तर तत्काल आउन सक्ने जोखिमबाट जोगाउन प्रयास मात्र गरेको हुँ । यस पछि अन्य संरचना निर्माणमा पनि आफ्नो सहयोग रहने उनले बताए । उनीहरु पनि हाम्रा छोरी सरह हुन् । राज्यले नदेखेपनि हामीले देख्नु पर्छ भनेर सहयोग गरेको ढुंगाना बताउँछन् ।
चार घर मात्र भएको हुइलिङबेसीको चेपाङ वस्तिमा हालसम्म राज्यको कुनै पनि सेवा सुविधा पुगेको छैन । पृथ्वी राजमार्गबाट पारी पट्टी रहेको सो स्थानमा हालसम्म टुकी बालेरै घर उज्यालो बनाउँदै आएका सिमान्तकृत आदिवासी जनजाती चेपाङ समुदायका चार घरलाई सोलार बत्तिको सेट उपलव्ध गराएका श्यामचन्द्र खतिवडाले आफ्नो खाजा कटाएर गरेको बचतले उनीहरुको घर उज्यालो बनाउन पाएकामा खुसी लागेको बताए ।
धादिङमा गैरसरकारी संस्था मार्फत सामाजिक काम गर्दै आएका सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले यस्तो सकसपुर्ण यात्रा गरेर पनि नियमित विद्यालय जाने बालिकाहरुलाई हौसला प्रदान गर्न शैक्षिक सामाग्री र स्कुल ड्रेस उपलव्ध गराएको बताए । उनले बालिकाहरुको उत्साहलाई राज्यले सम्बोधन गरी सो स्थानमा झोलुङ्गे पुल बनाइदिनु पर्ने बताए । बालिकाहरुको पढाइ नियमित होस र साँझमा पनि पढ्न पाउन भनेर आफुले सोलार रिडिङ ल्याम्प उपलव्ध गराएको प्राज्ञ जगन्नाथ श्रेष्ठ बताउँछन् ।
तुइन र जोलुङ्गे पुल नजिक नहुँदा धादिङको मझिमटारमा रहेको शंखादेवी उच्च माविमा पढ्न आउँदा नियमित रुपमा विना सुरक्षा ट्युवमा यात्रा गर्दै आएका सरिता र राममाया चेपाङलाई अमेरिका बस्दै आएकी माला महते पनि दुई थान लाइफ ज्योकट उपलव्ध गराएकी थिइन् । विग रिभर ट्युव, सहित सोलार र शैक्षिक सामाग्री पाएपछि खुसी देखिएका उनीहरुले हर्षका आँसु झार्दै दाताहरुलाई धन्यवाद दिए । पटक पटक ट्युवको हावा कम भएर र पल्टिएर पनि बााचेका उनीहरु अव भने विगतको समस्या नआउनेमा ढुक्क देखिन्थे । वारी पारी गर्न सुरक्षित ट्युव र लाइफ ज्याकेट भए पछि पल्टिए पनि आफु जोगिन सक्ने बताए । बत्ति नहुँदासंसाँझै निदाउने गरेका उनीहरुले अव घर उज्यालो भएपछि राती अवेर सम्म पढ्ने बताए । दुई हप्ता अघिको आफ्नो समस्याबाट छुट्कारा मिले पनि नियमित त्रिुलीमा हेलिनु पर्ने समस्याबाट मुक्त हुन पाएका छैनन् । यो त केही सुरक्षित भए पनि पानीबाट छुट्कारा पाउन चाहेको बताए । हामीलाई वारी पारी गर्न भयो तर आमा बुवालाई सामान लिएरै वारपार गर्न अझै समस्या रहेकोले झोलुङ्गे पुल भए सजिलो हुन्थ्यो सरिताले भनिन् । आधुनिक विग रिभर ट्युव पाएपछि लाइफ जयाकेट र प्याडल लिएर नदीमा दातालाई समेत त्रिशुली नदी तार्न तम्सिएकी राममायाले पालै पालो वारपार गराइन् । हमी पहिले धेरै पटक पौडिएर बाच्यौं अव तयो दिन सम्झनामा मात्र रहने भो । उतिबेलै तैरिन नसकेको भए यस्तो चिज देख्नै नपाइने रहेछ भन्दै जिव्रो टोकिन् । अव भने संधै सुरक्षित यात्रा गर्ने उनले बताइन् ।
छोरीहरुलाई नदी तर्न आधुनिक ट्युव सहित सुरक्षित सामाग्री र शैक्षिक सामाग्री अनि अँध्यारोमा बस्नु पर्ने समस्याबाट मुक्ति मिलेकोमा सरिताबा बाबु विष्ण चेपाङ हर्षित देखिन्थे । उनले राज्यले समेत बेवास्ता गर्दै आएको ठाउँमा एका एक यतिधेरै सामाग्री पाएकामा अचम्भित भएको बताए । दाताहरु त्रिशुली किनारमा पुगेपछि सपरिवार आएका विष्णुले झोलुङ्गे पुल तर्ने सपना देखेको बताए । उनले भने अँध्यारोमा थियौं घर उज्यालो भयो । छोरीहरु स्कुल पुगेर फर्कन्छन् कि फर्कन्न् भन्ने चिन्ता थियो आज अस्थाई रुपमै भए पनि समाधान भएकामा खुसी व्यक्त गरे ।
समाचार प्रकाशित भए पछि विभिन्न व्यक्ति र निकायले तुईन र पुल निर्माण गर्ने चासो व्यक्त गरेका छन् । हाल जोखिम वहन गरेर नदी वारपार गर्ने चार घर भए पनि सो स्थानमा पुल निर्माण गर्न सकिए दुई सय घर परिवारले लाभ लिन सक्ने नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ बताउँछन् ।
सामाग्री हस्तान्तरणको क्रममा स्थलगत रुपमा पुगेको जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्यालले गोरखा जिल्ला विकास समितिसंग समन्वय गरेर जोखिम मुक्त बनाउन पहल गर्ने बताए । जनता सुरक्षित बनाउन राज्यको दायित्व भएको बताउँदै यहाँ बाट फर्कने वित्तिकै पहल थाल्ने र कोही दाताले सहयोग गर्न चाहे जिल्ला विकास समितिले सहजिकरण गर्ने पनि बताए ।