महादेवस्थान गाविसको सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाईने

1587 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

churotaधादिङ– महादेवस्थान गाउ विकास समितिको सार्बजनिक स्थानमा अबदेखी धुम्रपान तथा मद्यपान गर्न नपाईने भएको छ । जथाभावी जाँडरक्सी सेवन गर्दा समाजमा विकृती बढेको भन्दै स्थानीय संघ–संस्था र बुद्धिजिविहरुले गाँउलाई धुम्रपान तथा मद्यपान मुक्त समाज बनाउनको लागि एकमत भएका हुन् । सार्वजनिक स्थानहरुमा जाँड रक्सी तथा सुर्ती सेवन गर्नेलाई कारबाही गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् । महादेवस्थान गाउँ विकास भित्र पर्ने खोला र खोल्छामा करेन्ट लगाएर माछा मार्न समेत बन्देज लगाएका छन् । महादेवस्थान गाउँ विकास समितिलाई सम्मुनत गाविस बनाउनको लागि यस्तो अभियान सन्चालन गरीएको तुलसीजंग थापाले जानकारी दिनुभयो । स्थानिय दियालो साना किसान कृषि सहकारी संस्था, तथा विभिन्न महिला समुहहरुको सक्रियतामा कार्यक्रमको आयोजना गरिएको हो । सार्वजनिक स्थानहरुमा बसेर जाँड रक्सी चुरोट लगायतका लागु पदार्थ सेवन गर्न नपाईने नियम बनाई सार्वजनिक स्थानहरुमा सुचना समेत टाँसिएको छ । साथै विद्यालय, बालक्लब युवाक्लब तथा महिला समुह र गाऊँ गाऊँमा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको छ । पछिल्लो समय अहिलेका युवाहरु कुलतमा बढी फसेको भन्दै अभिभावकहरुले यस्तो अभियानमा साथ दिएका छन् । अर्काको देखासेखी तथा ठुलो मान्छे बन्नको लागी पनि धुम्रपान तथा मद्यपानमा युवाहरु फसेका छन् । साथै अनुगमन गर्नको लागि गाँउ विकास समितिका सचिव रमेश पौड्यालको अध्यक्षतामा ७ सदस्यीय अनुगमन समितिको गठन समेत गरीएको छ ।