भारतसँग हारेपछि पाकिस्तानी दर्शकले टेलिभिजन फुटाए

630 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pakistani_distryoed_tv_132748583फोटो :एजेन्सी
काठमाडौ : यस पटक पनि पाकिस्तानी नागरिकको सपना उनीहरुका क्रिकेटरले पूरा गर्न सकेनन् । एउटा युद्द बराबर मानिने भारतविरुद्दको खेल हारेपछि पाकिस्ताभर आक्रोश र निराशा छाएको छ ।

भारत र पाकिस्तानबीचको आइतबार भएको विश्वकपको पहिलो भेटमा भारतले पुन: बाजी मारेपछि पाकिस्तानी नागरिकले टेलिभिजन फुटाएका छन् ।

अस्ट्रेलियाको एडिलेडमा भएको भारतसँगको खेलमा आफ्नो टिम ७६ रनले पराजित भएपछि पाकिस्तानी नागरिकले सडकमै ल्याएर टेलिभिजन फुटाएका हुन् ।

पाकिस्तानलार्इ हराएपछि भारतमा खुसियाली छाएका बेला उता पारी भने विश्वकपम लगातार छैटौ पटक भारतसँग हार्नुपर्दाको पीडाले रुवाएको छ । पाकिस्ती सञ्चारमाध्यमका अनुसार भारतसँग हारेपछि रिसले चुर भएका क्रिकेटका फ्यानले टीभी फुटाएका हुन् ।

टीभी फुटाउँदै पाकिस्तानी नागरिकले आफ्नो टिमविरुद्द सडकमा उत्रेर नाराबाजी समेत गरे । स्थानीयमा पाकिस्तानी टिमविरुद्द ठूलो आक्रोश देखिएको छ।

पाकिस्तान र भारतका टिम क्रिकेटका कुनै पनि खेलमा प्रतिस्पर्धा उत्रँदा त्यहाँ टिममात्र आमनेसामने हुन्न, दुबै देशका नागरिकको नाक जोगाउने बिषय बनेको हुन्छ त्यो भिडन्त ।

यो पटक पनि क्रिकेटरले आफ्नो र देशको नाक काटेको भन्दै पाकिस्तानी नागरिक सडकमा उत्रँदै टीभी फुटाएका हुन् ।

– अन्नपूर्ण