छत्कुली समाजवाट पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज सम्मानित

589 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0203धादिङ–नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली सम्मानित हुनु भएको छ ।छत्कुली समाज सस्थाको प्रथम अधिबेशनको अवसर पारेर अध्यक्ष छत्कुलीलाई सम्मान गरिएको हो । छत्कुली परिवारवाट नृेपाल पत्रकार महासंघको जिल्ला शाखाको अध्यक्ष पदको जिम्मेवारी वहन गर्ने पहिलो व्यक्ति भन्दै संस्थाले अध्यक्ष नवराजलाई सम्मान गरेको हो ।
छत्कुली समाज सस्थाको विहीवार धादिङको चैनपुरमा आयोजित प्रथम राष्ट्रिय अधिवेशनको अवसर पारेर पत्रकार महासंघ धादिङका अध्यक्ष लगायत विभिन्न क्षेत्रमा ख्याती प्राप्त १३ जनालाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा बिशेषज्ञ राजाराम छत्कुली,इन्जिनियर भोला छत्कुली,कुमारी बैकका प्रवन्धक एवम कानून व्यवसायी नरेन्द्र छत्कुली,भुगोल बिषयमा पिएचडि गर्ने प्रताप छत्कृुली, अनुसन्धानकर्ता श्यामवहादुर छत्कुली रहेका छन । त्यसैगरी नेफ्रोलोजिष्ट वेदप्रसाद छत्कुली,आईएस्सीमा सर्वोत्कृष्ठ सुदिप छत्कुली,चार्टर एकाउन्टेण्ट रमेश छत्कुली र नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट चेतवहादुर छत्कुलीलाई पनि सम्मान गरिएको थियो । अधिवेशनको अवसर पारेर छत्कुली परिवारका ६ जना समाजसेवी र ७० बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिक ८ जनालाई पनि सम्मान गरिएको थियो ।
धादिङ जिल्लाको चैनपुर मुल थलो भई हाल काठमाण्र्डौ,मकवानपुर, चितवन, पर्सा, गोरखा र तनहुं जिल्लामा छत्कुली समुदायको वसोवास रहेको कार्यक्रममा वताईएको थियो । छत्कुलस् समाज संस्थाका केन्द्रिय तदर्थ समितिका अध्यक्ष डिल्लीप्रसाद छत्कुलीको अध्यक्षतामा भएको अधिबेशनको प्रमुख अतिथी छत्कुली परिवारका जेष्ठ सदस्य १०३ बर्षिया पुतलीदेवी छत्कुली रहनु भएको थियो । अधिवेशनले पुनः डिल्लीप्रसाद छत्कुलीको अध्यक्षतामा रहेको तदर्थ समितिलाईनै आगामी तीन बर्षका लागि कार्य समितिमा निरन्तरता दिने प्रस्ताव पारित गरेको छ । नव निर्वाचित केन्द्रिय समितिको उपाध्यक्षमा फणिकान्त छत्कुली,महासचिवमा सिताराम छत्कुली,सचिवमा हेमराज छत्कुली रहनु भएको छ ।
DSC_0189चैनपुर गाविसको वडा नम्बर ४ सालवासमा भएको अधिबेशनको उदघाटन समारोहलाई नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारी,रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।