ससाहटारमा वाताबरणीय सचेतना कार्यक्रम

1034 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0320नीलकण्ठ-फोहोर मैलाको व्यवस्थापन गर्न समुदायको सहभागीता बढाउने लक्ष्यका साथ नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ ससाहटारमा वाताबरणीय सचेतना कार्यक्रम संचालन गरिएको छ ।
‘हाम्रो साझा चाहना,सभ्य एवं समुन्नत समाजको परिकल्पना’ भन्ने नाराका साथ ससाहटार टोल सुधार समाजको आयोजनामा शनिवार विहान आयोजना गरिएको बाताबरण सरसफाई सचेतना तथा फोहोर व्यवस्थापन कार्यक्रम नीलकण्ठ नगरपालिकाका वडा सचिव भुवल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । टोल सुधार संस्थाका अध्यक्ष तेजवहादुर सिलवालको अध्यक्षतामा भएको जनचेतना कार्यक्रममा स्थानीय समुदायको अग्रसरतामा ससाहको वजार क्षेत्रको सडक र आसपासमा सरसफाई समेत गरिएको थियो । घर भित्रबाट निस्कने फोहोर तथा वाहिर उत्पादन हुने फोहोरलाई व्यवस्थापन गर्नका लागि संकलन गराउन  संस्थाले वजार क्षेत्रमा चारवटा फोहोर राख्ने डस्टविन प्रयोगमा ल्याएको छ ।
जनचेतना कार्यक्रमलाई धादिङ न्यूज डट कमका अध्यक्ष केशव अधिकारी टोल सुधार संस्थाका सल्लाहकार एवम देउराली मावि ससाहका व्यवस्थापन समिति अध्यक्ष केदारनाथ कोईराला, संस्थाका सल्लाहकारहरु प्रदिप कोईराला,खगेन्द्र कोईराला लगायतले सम्वोधन गर्दै घर सफा राखे टोल सफा हुने र टोल सफा राखे समाज सफा हुनेमा जोड दिनु भएको थियो ।
संस्थाको स्थापना देखि हाल सम्म विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने स्थानीय समाजसेवीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।