राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगितामा सत्यवती उमावि पहिलो

845 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC05584धादिङ– क्षेत्रीय छनौट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सत्यवती उच्च माध्यमिक विद्यालय आदमटार प्रथम भएको छ । फागुन सात गतेबाट धादिङबेसीको खुल्लामञ्चमा सन्चालन भएको प्रतियोगिता अवधिभर सबैभन्दा बढी ३ सय ७ अंक ल्याएर प्रथम भएको हो । यसैगरी चिल्ड्रेनपार्क आवासिय उमावि १ सय १७ अंकको साथ दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी नीलकण्ठ उमावि १ सय १० अंकको साथ तेस्रो र धादिङ आवासिय उमावि ५३ अंक सहित सान्त्वना भएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा धादिङ निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई कप र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समितिका कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक खेलमा चौथो स्थानसम्म हासिल गर्ने विद्यार्थीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउन पाउने छन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी चैत्र २७ देखी २९ गते सम्म धादिङबेसीमा सन्चालन हुँदै छ ।