ट्विटरमा प्रत्येक दिन ५ लाख नाङ्गा तस्बिर पोस्ट हुँदै

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

twitter_nued_pic_707449917फोटो :एजेन्सी
एजेन्सी : ट्विटरमा प्रत्येक दिन करिब ५ लाख लाख  नाङ्गा तस्बिर पोस्ट हुने गरेका छन्  । यी मध्ये यौनसम्बन्ध स्थापित गर्दै गरेका तस्बिर पनि रहेका छन् ।पोर्नोग्राफीमा संलग्नहरुले  जानीबुझेरै युवायुवती र किशोरकिशोरीलार्इ लक्षित गरि यी तस्बिर पोस्ट गर्ने गरेको पाइएको छ ।

फेसबुक र युट्यूबमा जसरी ट्विटरमा यस्ता तस्बिर ब्लक गर्ने सुविधा ट्वीटरमा नहुँदा यो समस्या बढ्दै गएको छ । ट्विटरसँग नाङ्गा तस्बिर रोक्ने नीतिको अभावले दिनहुँ नाङ्गा तस्बिर पोस्ट गर्ने क्रम बढेको हो ।

ट्विटरमा यस्ता तस्बिर रोक्न विरोध अभियान समेत चलिरहेको छ । ट्विटरका प्रयोगकर्ताले अब ट्विटरलार्इ पनि पोर्नोग्राफीकै श्रेणीमा राख्नुपर्ने अवस्था आउन लागेको भन्दै आपत्ति प्रकट गरिररहेका छन् ।

ट्विटरले नाङ्गा तस्बिर रोक्ने सुविधा नराखेपछि यस्ता तस्बिर बालबालिकालेसमेत सजिलै हेर्न सक्ने अवस्था आएको छ ।

 
द डेली मेलका अनुसार ट्विटरले साइटमा पोस्ट गरिएका पोर्नोग्राफिक तस्वीरमाथि रोक लगाउन समेत मानेको छैन । ट्विटरले अटेर गरिरहेका बेला बालबालिकाले समेत यस्ता तस्बिर हेर्ने खतरा बढेको छ ।ट्विटरका अधिकारीले यस्ता सामाग्रीलार्इ वेबसाइटमा ब्लक या फिल्टर गर्न गरेको आग्रहलार्इ समेत बेवास्ता गरेको आरोप बेलायी सांसदरहरुले लगाएका छन् ।

बेलायका एक बरिष्ठ  सांसदले बताएअनुसार ट्विटरका अधिकारिले इन्टरनेट पोर्नको सामना गर्नका लागि बोलाइएको  मन्त्रीको मिटिङमा पनि आउन मानेनन् । उता फेसबुक र गूगलजस्ता अन्य सामाजिक सञ्जालका अधिकारीले भने सो बैठकमा सहभागिता जनाएका थिए अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।