विश्वकप क्रिकेटमा भारतको दोस्रो जित, दक्षिण अफ्रिका एकसय ३० रनले पराजित

675 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

iccविश्वकप क्रिकेट अन्तरगत आईतबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई एकसय ३० रनले पराजित गरेको छ । जारी विश्वकपमा यो भारतको दोस्रो खेल हो । भारतको जितमा शेखर धवनले एकसय ३७ रनको योगदान गर्नुभयो भने अजिक्या रहाणले ७९ र बिराट कोहलीले ४६ रन बनाउनुभएको थियो । पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर एकसय सात रन बनाएको थियो, जवाफी व्याटिङमा उत्रेको दक्षिण ४० ओभर २ दुई बलमै अलआउट भएर मात्र एकसय ७७ रन बनाउन सक्यो । अफ्रिकाका लागि फाफ डु प्लेसिसले ५५ रन बनाए पनि टिमलाई जित दिलाउन सक्नु भएन । बलिङ तर्फ भारतका रबिचन्द्रन आश्विनले तीन, मोहम्मद सामी र मोही शर्माले दुई दुई विकेट लिनुभयो ।