एसएलसीको प्रश्नपत्र जिल्ला पुग्यो

618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मकर श्रेष

Slc-264x165भक्तपुर,  – परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परीक्षा (एसएलसी)को प्रश्नपत्र जिल्ला सदरमुकाम पठाइसकेको

छ । सोमबारसम्म ७० जिल्लामा पठाइसकेको परीक्षा नियन्त्रक बिष्णु द्वारेले जानकारी दिए इ कान्तिपुर डट कमले खबर लेखेको छ ।

उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट र रसुवामा पठाउन बाँकी छ । उत्तरपुस्तिका माघको पहिलो साता नै जिल्ला पठाइसकेको कार्यालयले जनाएको छ । चैत ५ देखि सुरु हुने परीक्षामा  नियमित र आशिंक गरी ५ लाख ७२ हजार २ सय ७ जना विद्यार्थी हुदैछन । नियमित तर्फ ४ लाख २७ हजार ८२ र एक्जाम्टेड तर्फ १ लाख ४५ हजार १ सय २५ विद्यार्थी सहभागि हुँदैछन् । मनाङ्मा सबै भन्दा थोरै ७४ जना र सबै भन्दा धेरै काठमाण्डौंमा ३४ हजार ४ सय २१ विद्यार्थीले एसएलसी दिदैं छन् ।

यसमा प्राविधिक तर्फ करिब ३ हजार ५ सय विद्यार्थी छन् । द्वारेका अनुसार यस बर्ष ८३ किमिसको प्रश्न पत्र तयार भएको छ । त्यसमा प्राविधिक  तर्फ ३० किसिमको छ । माघ १५ देखि जनक शिक्षा सामाग्री केन्द्रको सेक्यूरिटी प्रेसमा प्रश्नपत्र छपाई सुरु भएको थियो । छपाई कार्य शनिबार सकिएको हो ।