स्वास्थ्य राज्यमन्त्रीलाई नै स्वाइन फ्लु भएपछि

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sankar_23215फागुन १२– भारत गुजरातका स्वास्थ्य राज्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार स्वास्थ्य परीक्षणपछि चौधरीलाई स्वाइन फ्लु भएको पुष्टि भएको हो । गुजरातमा अहिले स्वाइन फ्लुको प्रकोप फैलिएको छ भारतीय अनलाईन आईविएन खबरले जनाएको छ ।

अहिलेसम्म गुजरातमा २ सय १९ जनाको स्वाइल फ्लुका कारण ज्यान गइसकेको छ भने झण्डै ३ हजार ३ सय जनामा संक्रमण भएको पाईएको छ । भारतभरी स्वाइन फ्लुका कारण ८ सय ३३ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि भारत राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोतलाई पनि स्वाइन फ्लु भएको थियो ।