देशको माया नहुने कर्मचारी जागिर छोड –मन्त्री पण्डित

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिंङ,१३ फागुन- देशका निम्ति समर्पित हुन नसक्नेले सरकारी कर्मचारीका रुपमा काम गरिरहनु उचित नहुने भएकाले त्यस्ता कर्मचारीले पद छाड्नु पर्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताउनु भएको छ ।
DSC_0463चौतर्फि अवरोध र विरोधका वाबजुद पनि आफुले सरकारी सेवामा रहेर विदेशका वसोवास तथा नागरिकता लिने कर्मचारीलाई दुई मध्ये एक रोज्न आग्रह गर्दै आईरहेको र यस अडानबाट कहिल्यै पछि नहट्ने पनि उहांले वताउनु भयो । आंफुले लिएको अडान देशको हितमा भएकै कारण विदेशीएका सरकारी कर्मचारीका संवन्धमा आउन लागेको ऐन बुधवार राज्यव्यवस्था समितीवाट पास भएलगत्तै विदेशमा यस बिषयमा चर्चा शुरु भईसकेको मन्त्री पण्डितले वताउनु भयो । नेपाल सरकारको पदवहालीमै रहेर कर्मचारीहरुले विदेशमा वस्ने हरुका विरुद्ध वुधवार आएको विधेयक राज्यव्वस्था समितीले डेढ वजे अनुमोदन गरे लगत्तै अष्टे«लियाको अनलाईन खवरपत्रिका सिडनी डट कम ले आफु संग पहिलो अन्तर्वाता लिएर यस विषयमा जानकारी दिएको मन्त्री पण्डितले वताउनु भएको छ । विधेयक आउनु भन्दा पहिलनेनै व्यापक विरोध र अवरोधको सामना गर्नु परेपनि राष्ट्रप्रति समर्पितहरुवाट पाएको प्रेरणाले विधेयक राज्य व्यवस्था समितिबाट अनुमोदन भएको मन्त्री पण्डितको भनाई छ । उक्त विधेयक व्यवस्थापिका संसदको आउंदो वैठकबाट पारित हुने उहांले वताउनु भएको छ ।
जिल्ला विकास समिती धादिंङले बुधवार धादिङबेसीमा आयोजना गरेको ‘स्थानीय तहको सेवा प्रवाह र प्रशासन सुधार संवन्धि छलफल’कार्यक्रममा वोल्दै मन्त्री पण्डितले–‘कर्मचारीतन्त्र तलवी मानसिकताबाट माथि नउठे सम्म मुलुकमा सरकारी क्षेत्रले सोचेजस्तो प्रगति गर्न नस्कने वताउनु भयो । हरेक कर्मचारीले सेवा प्रवेश गर्दा लिएको सपथलाई सम्झिएर काम गर्नु पर्ने उहाँको सुझाव थियो ।
प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सुशासनको सदर्भमा स्थानीय तहको सेवा प्रवाह , प्रशासकिय न्याय र प्रशासन सुधार विषयक कार्यपत्र प्रस्तुत गर्दै –‘जनताको सेवा गर्र्ने पदमा वसेका हरुको नियतमै खोट भए पछि कुनै पनि पद वदनाम भएर जाने , जनताले सेवा नपाउने र शासन राम्रो नभएकै कारण शासनले मात्र नपुगेर अगाडी शु अक्षर पनि थप्नु परेको ’–वताउनु भएको थियो ।
DSC_0499कार्यक्रममा जिल्लाको प्रशासकीय अवस्था वारे जानकारी दिंदै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ‘राजधानी नजिकै भए पनि कर्मचारी जिल्लामा टिकाउन कठिनाई रहेको भन्दै मन्त्री पण्डितका ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा जिल्ला विकास समिती धादिंगले आन्तरिक राजस्व वृद्धि गर्न सहयोग गरेको भन्दै जिविसका राजस्व शाखा प्रमुख तुफैल अहमद, प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरे, प्रहरी नायव उपरिक्षक प्रकाश मल्लका साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत सम्मान गरेको थियो ।
संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव डाक्टर सोमराज सुवेदीको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा, सभासद गुरुप्रसाद बुर्लाकोटी,स्थानीय विकास मन्त्रालयका सह सचिव गोकर्णमणि दुवाडी र सुरेन्द्र अधिकारी सामान्य प्रशासन मन्त्रालयका सह सचिव रुद्रसिंह तामाङ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्लाका सवै सरकारी कार्यालय प्रमुखहरुको उपस्थिती थियो ।