डोलभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर

568 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

7145cda76cc2c7e547301003cbe1b728धादिङ, फागुन १३ – धादिङको चेपाङ र दलित समुदायका निःशुल्क स्वास्थ्य शिविर चलाईएको छ । पिडा –४, डोलभञ्ज्याङ उच्च मा.वि.मा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गरिएको डाक्टर मनोर दिन सैयदले बताउनुभयो ।

दुई दिनसम्म चलेको शिविरमा ५ सय जना विरामीलाई उपचार, परामर्श तथा औषधी वितरण गरिएको थियो । शिविर मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भू, स्थानिय स्वास्थ्य चौकी र प्रयास नेपालको सँयुक्त आयोजनामा गरिएको हो ।

शिविरमा डाक्टर रामप्रसाद श्रेष्ठ, डाक्टर वंशिधर मिश्र, डाक्टर मनोर दिन सैयद, डाक्टर अरुणीमा श्रेष्ठ, डाक्टर नगेन्द्रप्रसाद शाह, डाक्टर मिलन शाक्य, डाक्टर तेज प्रकाश दवाडी, डाक्टर सरोज यादव, डाक्टर उमा क्षेत्री, डाक्टर सविना सेढाई, सुनिल फूँयाल, कल्पना श्रेष्ठ, श्रृष्टी सिवाकोटी, सरु महर्जन, सिर्जना काकी, भगवती श्रेष्ठ, सुमित्रा गोले, शिव के.सी. रेवा दहाल, पुष्प ढुङ्गेल, शरद चन्द्र ओझा, सन्तोष कोइराला लगायतको टोलीले जनरल सर्जरी, मेडिसिन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, वालरोग, नाक, कान . घाँटी र छाला तथा यौन रोगको विशेषज्ञ सेवा दिएको थियो ।