नेपालीले स्थापना गरे चलाउदा पैसा पाइने सगुन डटकम

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ – अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले खाता खोल्दा, साथी बनाउदा नगद (रिवार्ड) प्राप्त गर्ने विशेषतासहितको सगुन डटकम बुधबार सार्बजनिक गरेको छ । फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुन्छ । त्यसै गरी साइटमा भएका एप्सहरुको प्रयोग गर्दै जादा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुदै जान्छ । त्यसरी जम्मा भएको रकम निश्चित समयपछि सगुनका सुचिकृत विक्रेताकहाँ गएर सामान खरिद गर्न प्रयोग गर्न सकिन्छ ।
sagoon-site-layout-1अमेरिकामा बसेर एप्लिकेशन निर्माणमा जुटेका गोविन्द गिरीको नेतृत्वको समूहले सगुन डटकम डेभलप गरेको हो । सगुन डटकमलाई सोसल स्मार्ट कार्डका रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन गरिएको यस कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न÷उपहार पठाउन प्रयोग गर्न सकिन्छ । यो डिजिटल उपहार प्रदान गर्न चाहनेका लागि ‘वन स्टप शप’ हुनेछ । सुचिकृत विक्रेताहरुकहा गएर सबैभन्दा पहिला यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
सगुन सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने गिरीले नेपालमा साइट सार्बजनिक गर्न आयोजित कार्यक्रममा स्काइपबाट बताए । सगुनबाट पठाइने फोटो, सूचना शेयर गर्नासाथ डिलिट हुने उनले जानकारी दिए ।
यसमा आफ्नो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई पोस्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता यसमा छ । आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ लगायतलाई शेयर गर्न सकिने सगुन इन्कका सस्थापक गिरीले जानकारी गराए ।
सगुन डटकममा क्लिक गरेर आङ्खनो अकाउन्ट खोल्न सकिन्छ । सगुनले बनाएको यो सोसियल म्यासेजिङ एपका अरु केही रोचक विशेषता छन् । यसमा टप सेक्रेट नामक एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । यो सुविधा अहिलेको सबैभन्दा चर्चित म्यासेजिङ एप इन्स्टग्रामले पनि दिन सकेको थिएन । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर पनि यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल एप पनि छ ।
अर्को विशेषता साना ठूला जुनसकुकै रिजोलुसनका फोटो भए पनि शेयर गर्न समस्या हुदैन। तीनवटा फोटोलाई एउटै फोटो बनाई सेयर गर्न सकिने सुविधा पनि यसको नौलो फिचर हो । एपबाट पठाइने फोटो, सूचना अत्यन्त गोप्य रहन्छन् । अर्को महत्वपूर्ण फिचर हो, अल इन वन पेज । अर्थात् यसमा ग्रिटिङ एप, क्यालेन्डर जस्ता आवश्यक एप्स पनि यसमै समाहित भएकाले एउटै पेजबाट भेराइटी फिचर पाउन सकिनेछ । दैनिक आफूले गरेको कार्यलाई अब एपबाटै सेड्युलिङ गर्न सकिने गरी यसलाई डिजाइन गरिएको छ ।
सगुनको सोसिएल एप्प टुडेज सेक्रेट युजरलाई उनीहरुका कथा परिवारका सदस्य र साथीहरुलाई शेयर गर्न मिल्ने गरि डेभलप गरिएको छ । यसै गरी स्मार्ट क्यालेन्डर, अल इन वन पेजले युजरलाई सबै कुरा एकै ठाउमा पाएको अनुभूति गराउछ । कम्पनीले युजरलाई आफ्नो अभुभव शेयर गर्न र गतिविधिलाई ब्यवस्थित गर्न एउटै प्लेटर्फम उपलब्ध गराउने जनाएको छ ।
गिरीले यसअघि अमेरिकाको सुरक्षा निकाय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गरेका थिए । त्यहाबाट राजिनामा दिएर आफूले नेपालीलाई संसारसामु केही गरेर देखाउन सक्छन् भनेर सगुन डटकम डेभलपमा लागेको बताए । सगुनमा अमेरिकामा ब्यवसाय गर्दै आएका कविन्द्र सिटौला लगायत विभिन्न मुलुकमा रहेका गैरआवासिय नेपालीले लगानी गरेका छन् । सगुनले नायिका मनिषा कोइरालालाई ब्रान्ड एम्बेसेडरका रुपमा नियुक्त गरेको छ । फरक विशेषता भएको सगुनबारे भारतीय संचारमाध्यमले समेत प्राथमिकता दिएर समाचार प्रकाशन÷प्रसारण गरिरहेका छन् ।