सर्वाधिक पुरस्कार राशिको टेबलटेनिस

1160 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं– अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिता हुने भएको छ । टेबलटेनिस इतिहासकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगिता २२ फागुनदेखि हुने टेटे संघका अध्यक्ष चतुरानन्द राजवैद्यले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको कुल नगद पुरस्कार राशि ४ लाख २५ हजार रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स र जुनियर पुरुष÷महिला गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । चारै विधामा मिलाएर करिब २ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् राजधानी दैनिकले खबर लेखेको छ ।

943bb9c4c1fe83f7f2a9151f70c5a991

पुरुष÷महिला सिंगल्समा शीर्ष १६ बरीयताका खेलाडीले सोझै प्रतियोगितामा सहभागिता हुन पाउने प्रावधान छ । मुख्य प्रतियोगिताअघि फागुन १९ र २० गते हुने छनोट चरणमा शीर्ष चार स्थानमा आउने पुरुष÷महिला खेलाडीलाई १६ बरीयताका खेलाडीसँग समावेश गराई लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । शीर्ष १६ र छनोटमा शीर्ष चारमा आउनेसहित २० खेलाडीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको खेल राउन्ड रबिन लिगका आधारमा हुनेछ ।

प्रत्येक समूहमा शीर्ष ८–८ स्थान प्राप्त गर्ने खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार पाउनेछन् । त्यस्तै, चौथोदेखि आठौं हुनेले क्रमशः ५ हजार, ४ हजार, ३ हजार ५ सय, ३ हजार र २ हजार ५ सयका दरले नगद हात पार्नेछन् । जुनियरको लिग कम नकआउट आधारमा खेल हुने उपाध्यक्ष बज्राचार्यले जानकारी गराए । पहिलोदेखि आठौंसम्ममा प्रतियोगिता टुंग्याउनेले क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार, ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय र २ हजार नगद जित्नेछन् । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा २७ फागुनसम्म चल्नेछ ।