वीपी राजमार्गको निर्माण कार्य २० अर्बमा पुरा भयो

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिन्धुली- राजधानी काठमाडौंलाई तराईका जिल्लाहरुसंग छोटो दुरीमा जोड्ने गरी निर्माण भएकोे धुलिखेल–सिन्धुली–बर्दिबास सडक (वीपी राजमार्ग)को निर्माण कार्य सम्पन्न भएको छ  ।imagerराजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा यातायातका साधनहरुमा आवागमन गर्नका लागि समय र दुरी छोटिन पुगेको छ ।करिब पाँच घण्टामा राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा पुग्न सकिने छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासबाट सिन्धुलीमाडी हुंदै काभ्रेको धुलिखेलसम्म कुल १ सय ५८ किलो मिटर लम्बाईको धुलिखेल–सिन्धुली–बर्दिबास सडकको निर्माण सम्पन्न भएपछि बर्दिबासबाट धुलिखेलसम्म पुग्न हल्का सवारी साधनहरुलाई ४ घण्टाको समय लाग्ने गरेको छ ।

जापान सरकारको सहयोगमा १८ वर्षअघि सुरु भएको उक्त सडकका सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेको छ । धुलिखेल–सिन्धुली–बर्दिबास राजमार्गलाई चार खण्डमा बिभाजन गरी बि।सं।२०५२ सालदेखि निर्माण सुरु गरिएको थियो ।

सडक आयोजनाका अनुसार सडक निर्माणको क्रममा हालसम्म २० अर्ब रुपैयांभन्दा बढी खर्च भईसकेको छ । हालको अवस्थामा उक्त सडकखण्ड नेपालकै उत्कृष्ट सडकको रुपमा रहेको छ ।