धादिङको बसेरीमा क्षेत्रीय खेलुकद प्रतियोगिता सुरु

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rastrapati runningधादिङ–क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बसेरीमा विहीबारबाट सुरु भएको छ । बसेरी गाउँ विकास समिति वडा नम्बर २ मा बिहीबाट सन्चालन भएको क्षेत्रीय छनौट खेलकुद प्रतियोगिताको संविधान सभाका सदस्य एंव धादिङ निर्वाचन क्षेत्र नम्बर १ का सभाषद धन बहादुर घलेले उद्घाटन गर्नुभयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि छनौट क्षेत्रीय खेलकुद प्रतियोगिता सन्चालन गरीएको जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद दाहालको अध्यक्षता र संविधानसभाका सदस्य एंव निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचित सदस्य धन बहादुर घलेको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका कार्यलय सचिव कृष्णलाल श्रेष्ठ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्र÷छात्रा फुटवल, भलिवल, दौड लगायतका विभिन्न प्रतियोगिता हुने आयोजकले जनाएको छ । बिहीबार विहानैबाट परेको पानीको कारणले हिजो पुर्वनिर्धारित खेलहरु हुन नसकेको विद्यालयले जनाएको छ । आगामी चेत्र २७– देखी २९ गतेसम्म हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागी क्षेत्रीय प्रतियोगिता सन्चालन गरीएको हो ।यसअधिनै धादिङ निर्वाचन क्षेत्र नम्बर १ र २ को क्षेत्रीय प्रतियोगिताहरु सम्पन्न भईसकेको छ ।