सह सचिव तामाङलाई तामाङ घेदुङ र मगर संघको सम्मान तथा विदाई

560 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rudra shing tamangeधादिङ–नेपाल सरकारको प्रथम श्रेणी अन्तरगतको सह–सचिमा बढुवा हुनुभएको धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङलाई मगर संघ र नेपाल तामाङ घेदुङले शुक्रवार धादिङबेसीमा सम्मान तथा विदाई गरेको छ । धादिङको विकासको लागि छोटो समयमा महत्वपुर्ण योगदान गरेको भन्दै तामाङलाई सम्मान गरिएको हो ।

11011221_640982276046952_8030664750321113966_nशुक्रवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी धादिङका तामाङ तथा अन्य समुदायको तर्फबाट सह सचिव तामाङलाई नागरिक सम्मान गरिएको हो । नेपाल तामाङ घेदुङका महासचिव कुमार व्लोन  तामाङले सह सचिव तामाङलाई  दोसल्ला ओढाउनुका साथै घेदुङको तर्फवाट सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा धादिङका सभाषदहरु गुरु बुर्लाकोटी, धनबहादुर घले, दिलमान पाख्रीन, परशुराम तामाङ र एकीकृत नेकपा माओवादीका नेता वीरबहादुर तामाङले बधाई तथा शुभकामना दिनुभएको थियो । पुर्व स्थानीय विकास अधिकारी तामाङलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरीएको हो ।11029565_640982516046928_8660480676080135422_n