विश्वकप क्रिकेटमा भारतलाई लाग्यो अर्को झड्का

540 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा जारी विश्वकप क्रिकेटमा डिफेण्डिङ च्याम्पियन भारतलाई झड्का लागेको छ ।

उपाधि रक्षाको धुनमा रहेको भारतका लागि यसअघिका दुई खेलमा शानदार प्रदर्शन गरेका तिव्र गतिका बलर मोहम्मद सामी अर्को खेल खेल्न नसक्ने भएका छन् ।

 तिव्र गतिका बलर सामीको पर्थस्थित एक अस्पतालमा गरिएको एक्सरेको रिपोर्ट अनुसार उनले खेल्न नसक्ने देखिएको जनाइएको छ । अर्का भारतीय बलर भुवनेश्वर कुमार अझै चोटका कारण खेल्न नसकिरहेका बेला सामीको चोटले भारतलाई अर्को चिन्ता थपिदिएको छ ।

अभ्यासका क्रममा घाइते भएका उनलाई त्यसलगत्तै एक्सरेका लागि लगिएको थियो । सामीले जारी विश्वकपमा भारतका लागि उत्कृष्ठ प्रदर्शन गर्दै २ खेलमा ६ विकेट लिइसकेका छन् ।

–