कराँते खेलाडी बिमला सम्मानित

996 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1690323_358015244379850_6172015264175184723_n

काठमाडौं,१६ फागुन  – कराँते खेलाडी बिमला तामाङ २ लाख आठ हजार रुपैयाँसहित सम्मानित भएकी छन् । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्र पदक जित्न सफल बिमलालाई धादिङ–नुवाकोट समाज बेलायतले  रकमसहित सम्मानित गरेको हो ।

धादिङ–नुवाकोट समाज बेलायतले  शनिबार काठमाडौंमा एक कार्यक्रम गरेर कराँते खेलाडी बिमलालाई २ लाख ८ हजार रुपैयाँको चेक र सम्मानपत्र प्रदान गरेको छ । सभासदद्वय दिलमान पाख्रिन र पर्शुराम तामाङ तथा समाजका महासचिव हरिसिंह वाईवा तामाङ र कोषाध्यक्ष गोलबहादुर तामाङले विमलालाई सम्मानपत्र र चेक प्रदान गर्नुभयो ।

बिमलाले गएको असोज महिनामा भएको एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । समाजले हालै बेलायतमा सम्पन्न दशौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कास्यपदक जित्न सफल मनोज लामालाई पनि १५ हजार नगदसहित सम्मान गरेको छ ।