logo

विधार्थी भिसामा अस्ट्रेलिया जानु अघि जान्नै पर्ने ६ कुरा हरु

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

याडम स्मिथले भनेका छन्, ‘यो संसार बसाईँ सर्नेहरुले बनाएका हुन् ।’ मानिस गुणस्तरीय शिक्षा, आफ्नो भावी जीवन र सन्ततिको सुखका लागि विश्वका राम्रा सहरमा पुगिरहेका हुन्छन् । गुणस्तरीय शिक्षाका लागि अभिभावकले जीवनभरको कमाइ खन्याइरहेका हुन्छन् भने विद्यार्थी पनि गुणस्तरीय शिक्षा अध्ययन गरेर ‘ग्लोबल कम्पिटिसन’ मा आफूलाई उतारिरहेका हुन्छन् ।

new-feature२१ औँ शताब्दीको क्यारियर प्रतिस्पर्धाको शिखरमा पुगेको नै हुनु पर्छ जसले गर्दा विकाशील राष्ट्रकामात्र होइन विकसित राष्ट्रका नागरिक पनि उच्चशिक्षा र अनुभवका लागि ‘माइग्रेट’ भइरहेका छन् । शिक्षित जीवन, बलशाली प्रस्तुती र नयाँ समाजमा ‘सेटल’ साँच्चै चुनौतीपूर्ण नै छ । पछिल्लो समय अस्ट्रेलिया, नेपाल, भारत, चिनियाँ, भियतनामलगायतका देशका विद्यार्थीको शैक्षिक गन्तव्य बन्दैछ । अस्ट्रेलिया पढ्न चाहनेका लागि त्यहाँको सरकारले बनाएको यो ६ शर्तले तपाईँलाई गन्तव्यमा पुग्न मदत गर्ने छ ।

स्मरण रहोस, अस्ट्रेलिया यतिखेर विश्वकै लागि ‘प्राइम डेस्टिनेसन’ बन्दैछ । विद्यार्थी, व्यवसायीहरुको पनि गन्तव्य यो देश बन्दैछ । जीवनको थप अध्ययन, व्यापार र सेटलको सपनाको सहर अस्ट्रेलिया बनेको छ । अस्ट्रेलियाले आज संसारका सफलताको सपना बोकेकाहरुलाई स्पेस पनि दिएको छ । उनीहरु यहाँ पढ्न आउन सक्छन् र बिदाका दिन काम गरेर अध्ययन शुल्कसमेत आफैँ जुटाउने अवसर पनि पाउँछन् । यसका लागि उल्लेखित शर्तहरु पूरा हुन जरुरी छ । नत्र उनीहरुको भिषा रद्द भएर समस्यामा पनि पर्न सक्छन् ।
पढ्नु होस् ६ शर्तहरु:


१. वर्क लिमिटेसनNet-Working-Capital
अस्ट्रेलियामा काम गरेर पढ्न चाहनेका लागि भिषा कन्डिसन ८१०५ का अनुसार, आधा महिनामा ४० घन्टा भन्दा बढी काम गर्न सक्नेछन् । तर, विद्यार्थीले अध्ययन र तालिम भइरहेको छ भने कोर्स सुरु नभइ काम गर्न पाउने छैनन् । अस्ट्रेलियामा आधा महिना भन्नाले हरेक सोमबारलाई गनेर १४ दिनको मात्र हुनेछ । डिपेन्डेन्ट भिषामा जानेहरुका लागि पनि यो शर्त लागु हुनेछ । तर मास्टर्स लेभल वा त्यो भन्दा माथिको अध्ययन गरेकाहरुले अरुले झैँ हप्ताको २० वा दुई हप्ताको ४० घण्टा काम गर्न पाउने छन् र उनीहरुमा आश्रितले भने फूलटाइम काम गर्न पाउनेछन् ।


२. उपस्थिति,भर्ना र प्रगतिAttendance Sheet
भिषा कन्डिसन ८५०२ का अनुसार, भिषामा उल्लेखित कोर्स अध्ययनका लागि कलेजमा भर्ना हुन जरुरी छ । शैक्षिक प्रदायकका भर परेर हुनेछैन । अध्ययनका क्रममा ८० प्रतिशत कलेज र कोर्स अध्ययनमा उपस्थिति भएको हुनुपर्नेछ ।



३. 
जीवन बीमा  1378639167_life-insurance-2
भिषा कन्डिसन ८५०१ का अनुसार, अस्ट्रेलिया बसाइ  र पढाइका अवधिमा आफ्नो जीवन बीमाको व्यवस्था आफैँले गर्नु पर्नेछ ।


४. एसभिपी र योग्यता76200_visa
भिषा कन्डिसन ८५१६ का अनुसार, भिषामा भनिएका बाहेक काम र अध्ययनका लागि निषेध गरिएको छ । स्ट्रिमलाइन भिषा प्रोसेसिङ (एसभिपी) अनुसार, ६ महिनासम्म प्राथमिक पाठ्यक्रमको शिक्षा र कोर्स परिवर्तन गर्न पाइनेछैन । एसभिपीमा लिस्टेड भएका कलेज फेर्न पनि एकवर्षसम्म सकिने छैन ।


५. शिक्षाको लागी प्रबन्धKids-reading-a-book-on-grass
अस्ट्रेलिया बसाइ र अध्ययनका क्रममा विद्यार्थीले आफ्ना बच्चाको शिक्षादीक्षाको व्यवस्था आफैँ गर्नुपर्नेछ । भिषा कन्डिसन ८५१७ ले यो शर्त अनिवार्य गराएको छ ।


६. नवीनतम सुचनाGboxUpdate
भिषा कन्डिसन ८५३३ का अनुसार, अस्ट्रेलिया बसाइमा ठेगाना परिवर्तन भए शैक्षिक प्रदायकलाई तुरुन्त अपडेट गराउनु पर्नेछ । ठेगाना फेरिएको ७ दिनभित्र शैक्षिक प्रदायक र विश्वविद्यालयलाई जानकारी दिनु पर्नेछ । यस्तै, पाठ्यक्रम फेरेको भए पनि तुरुन्त विश्वविद्यालयलाई जानकारी दिएर कन्फरमेसन अफ इंरोल्लमेन्ट (ECO) सर्टिफिकेट नयाँ शैक्षिक प्रदायकबाट लिनुपर्नेछ ।

-नेपाल रिर्पोट्स अनलाइनबाट 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic