विश्वकप क्रिकेट: इङ्गल्याण्डले दियो श्रीलंकालाई ३ सय १० रनको लक्ष्य –

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आजै पाकिस्तान र जिम्बाबे भिड्ने ।  

काठमाडौं, फाल्गुन १७ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरहेको खेलमा इङ्गल्याण्ड र श्रीलंका भिडिरहेका छन् ।

न्युजिल्याण्डको वेलीङ्टनमा आज विहान टस जितेर पहिले व्याटिङ रोजेको इङ्गल्याण्डले श्रीलंका सामु ३ सय १०रनको लक्ष्य दिएको छ ।

निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९ रन जोडेको इङ्गल्याण्डका लागि जो रुटले १ सय २१ रनको शतकिय पारी खेले ।

यसैगरी ईयान बेलले ४९ रन जोडेभने जोस बट्लरले १९ बलमा अविजित ३९ रनको योगदान दिए । बलीङतर्फ श्रीलंकाका प्रयोग गरेका सबै ६ जना बलरहरुले एक एक विकेट हात पारे ।

यसअघिका तीनमध्ये दुई खेल जितेको श्रीलंका समुह ए मा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । उता तीनमध्ये एक खेल मात्रै जितेको इंग्लण्ड २ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ ।

आजै अष्ट्रेलियाको ब्रिसबेनमा हुने खेलमा पाकिस्तान र जिम्बाबे भिड्नेछन् ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा भारत र वेष्ट इंडीजसँग पराजित भएपछि सर्वत्र आलोचित पाकिस्तानलाई जारी विश्वकपमा आजको खेल निकै महत्वपुर्ण रहेको छ ।

प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्न संभावना जिवित राख्न पाकिस्तन आज जित्नैपर्ने दबाबमा छ ।

विश्वकप क्रिकेट अन्तर्गत हिजोका खेलहरुमा न्युजिल्याण्ड र भारत विजयी भएका छन् ।

अष्ट्रेलियालाई हराएको न्यूजिल्याण्ड प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश ग¥योभने युएईलाई हराएको भारत पनि क्वाटरफाईनल नजिक पुगेको छ ।

 

– See more at: http://imagekhabar.com/samachar/detail/46039/31/.shtml#sthash.4i14nYzK.dpuf