राजधानीमा स्वाइनफ्लुबाट एक महिलाको मृत्यु, देशभर फैलियो त्रास

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १७ फागुन । भारतमा हजार भन्दा बढीको ज्यान लगिसकेको स्वाइनफ्लुबाट नेपालमा एक जनाको मृत्यु भएको छ । राजधानी काठमाडौंकी एक महिलाको आइतबार विहान स्वाइनफ्लुबाट अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

swine-fluकाठमाडौंको मोडल अस्पतालमा उपचार गर्दागर्दै राजधानीको क्षेत्रपाटीकी ५० बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सरकारी स्वास्थ्य निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइनफ्लुबाटै महिलाको मृत्यु भएको पुष्टि गरेको छ । मृतक महिलाको परिचय खुलाइएको छैन् ।

ती महिलालाई १ हप्ता अघि रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । रोग नियन्त्रण महाशाखाका अनुसार स्वाइनफ्लुबाट नेपालमा २० भन्दा बढी संक्रमित भइसकेका छन् । यो वर्ष स्वाइनफ्लुबाट नेपालमा मृत्यु हुने घटना पहिलो हो ।