गोरखा जिल्लामा विद्यार्थीमा स्वाइन फ्लुको लक्षण, अनिश्चिकालका लागि विद्यालय बन्द

574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

swine-fluगोरखा : केही विद्यार्थीमा स्वाइन फ्लुको लक्षण देखिएपछि सदरमुकामको रत्नराज्य उच्च मावि आइतबारदेखि बन्द गरिएको छ।कक्षा १० मा पढ्ने ११ जना विद्यार्थी एकैपटक सिकिस्त बिरामी भएपछि अश्चितकालका लागि विद्यालय बन्द गरेको प्राचार्य धु्रव श्रेष्ठले जानकारी दिए। जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएर विद्यालय बन्द गराएको श्रेष्ठले बताए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
कक्षामै विद्यार्थी छटपटाउन थालेपछि उनीहरुलाई सामुहिक रुपमा उपचार गराउन गोरखा अस्पताल पुर्‍याइएको थियो।‘प्रार्थना समय सकेर कक्षामा जाने बित्तिकैदेखि तीन जना विद्यार्थी छटपटाउन थाले’प्राचार्य श्रेष्ठले भने ‘उनीहरुलाई एम्बलेन्समा राखेर अस्पताल नपुर्याउदै अरु फेरि छटपटाउन थाले।’उनीहरुलाई अस्पताल पुर्‍याएपछि अस्पतालले स्वाइनफ्लुको आशंका देखाएको उनले बताए।
‘जिल्ला शिक्षा कार्यालयमा खबर गर्यौं। सहायक जिल्ला शिक्षा अधिकारी जनार्दन रिजाल अस्पतालमै आउनु भयो’ प्राचार्य श्रेष्ठले भने‘अनि उहाँकै सल्लाह बमोजिम अबस्था सामान्य नहुन्जेलका लागि भनेर विद्यालय बन्द गरेका हौं ।’
स्वास्थ्य परीक्षण गर्दा स्वाइन फ्लुका बिरामीमा देखिने अधिकांश लक्षणहरु देखिएको जिल्ला अस्पताल गोरखाका चिकित्सक नारद थपलियाले जनाए। उनका अनुसार छ जना छात्रा र पाँच जना छात्रलाई आकस्मिक कक्षमा भर्ना गरिएको छ। विद्यार्थीको स्वास्थ्य जाँच गर्दा स्वाइन फ्लुको लक्षणहरु देखिएपछि पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएको अस्पतालका प्रबक्ता साहेब प्रसादले जानकारी दिए।‘बिद्यार्थीहरुमा स्वाइन फ्लु लाग्दा देखिने केही लक्षणहरु देखा परेको छ’उनले भने,‘स्वाइन फ्लु लागेको हो वा होइन भन्ने एकिन भने यहाँबाट हुँदैन।’
केन्द्रबाट रिपोर्ट आएपछि मात्रै स्वाइन फ्लु लागेको हो वा होइन भन्ने पहिचान हुन्छ।’अहिले लक्षण मात्रै देखिएकाले पुष्टि नहुँदासम्म आत्तिनु नपर्ने डाक्टर थपलियाको भनाइ छ। रोगबाट बच्न उच्च सतकर्ता अपनाउन उनले आग्रह गरे उनीहरु एकसातादेखि टाउको दुख्ने, खोकी लाग्ने, सिँगान बग्नेजस्ता लक्षणबाट ग्रस्त थिए। आइतबारदेखि ब्यथाले च्यापेको प्राचार्य श्रेष्ठले बताए। स्वाइन फ्लु रोगबाट बच्न स्वास्थ्य कार्यालयले उच्च सतकर्ता अपनाएको जनाएको छ।