मौसम सुध्रिन केही दिन लाग्ने

950 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १८ फागुन – पश्चिम वायुको प्रभावका कारण शनिबार र आइतबार देशैभर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले मध्य र पूर्वी भागमा सोमबारदेखि वर्ष रोकिन तथा सुदूरपश्चिममा बुधबारसम्मै पानी पर्न सक्ने बताए ।

imagesअरबी सागरमा विकास भएको जलवाष्पयुक्त वायुको प्रवेशस”गै आइतबारदेखि देशभर सुरु वर्षा बुधबारपछि मात्र रोकिने मौसमविदहरूले बताएका छन्। ‘देशभर मौसम सफा हुन अझै तीन दिन कुर्नुपर्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले आइतबार नागरिकसँग भने, ‘जलवाष्पयुक्त वायु भएको न्यूनचापीय रेखा अरबी सागरको उत्तरी भागदेखि पश्चिम नेपालसम्म बाक्लो गरी फैलिएको छ।’

उनका अनुसार पश्चिमी वायुको सक्रियताले नै नेपालमा धेरै असर देखिएको हो। अरबी सागरमा धेरै मात्रामा जलवाष्पयुक्त वायु विकास भइरहेको र त्यो वायु न्यूनचापीय रेखामा समेटिने क्रम जारी रहेको उनले बताए। ‘त्यसैले, केही स्थानमा बाहेक सोमबार पनि देशभर पानी पर्छ,’ उनले भने।
अर्यालका अनुसार बुधबारदेखि मात्र पूर्वी र मध्यनेपालमा पानी पर्न कम हुन्छ। ‘पश्चिम नेपालमा बुधबारसम्म प्रभाव पार्छ,’ उनले भने, ‘बिहीबारबाट मात्र देशभर मौसम सफा हुने देखिन्छ आजको कान्तिपुर दैनिकमा खबर छ । –