फैलिँदै स्वाइनफ्लुः एकको मृत्यु,४३ बिरामी

495 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,फागुन १८ – स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा ‘ए’ एचवानएनवान भाइरसबाट एक महिलाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।

 

बागबजारस्थित काठमाडौं,मोडल अस्पतालमा दुई साताअघि भर्ना भएकी काठमाडौं क्षेत्रपाटी निवासी ५० वर्षीया एक महिलाको शनिबार राति मृत्यु भएको हो । मोडल अस्पतालका निर्देशक डा. भरत प्रधानले आइसियुमा उपचार गर्दागर्दै ती महिलाको निधन भएको जानकारी दिए । महिलाको नाम भने गोप्य राखिएको छ ।

टाउको दुख्ने,वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन३ । मृत्यु हुनुभन्दा चार दिनअघि मात्र उनलाई स्वाइनफ३लु भएको पुष्टि भएको थियो । दमको रागी रहेकाले रोग प्रतिरोधी क्षमता कम भएका कारण उनलाई स्वाइनफ्लुले आक्रमण गरेको हुनसक्ने डा. प्रधानले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।