तेक्वान्दोमा धादिङका युवाहरु अग्रस्थानमा

618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11042128_665863103535906_44667493_n

धादिङ– धादिङका युवाहरु तेक्वान्दो खेल तर्फ आकर्षित हुनुका साथै राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई एक पछि अर्को उपाधि हात पार्न सफल हुन थालेका छन । हालै काठमाण्डौमा सम्पन्न भएको चौथो स्युचाटार तेक्वान्दो प्रतियोगितामा धादिङका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्र्दै तीनवटा समुहमा पहिलो,दोश्रो र तेश्रो स्थान हासिल गर्दै पदक जित्न सफल भएका छन ।
11039573_665863863535830_286924423_nफागुन ८ र ९ गते सम्पन्न भएको प्रतियोगितामा धादिङबाट ६ जना खेलाडीले भाग लिएकोमा ५४ केजी समुहमा धादिङका राजेश गुप्ता प्रथम, ६३ केजी समुहमा प्रदिप गिरी दोश्रो र महिला ४६ केजी समुहमा सम्झना भण्डारी तेश्रो भएर पदक जित्न सफल भएका हुन । यसै गरी केही दिन अघि नुवाकोटमा सम्पन्न भएको प्रथम मदन भण्डारी राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा धादिङका चार जनाले पदक हात पार्न सफल भएका थिए । प्रतियोगितामा ६८ केजी समुहमा मोहन तामाङ प्रथम,५१ केजी समुहमा राजेश गुप्ता प्रथम, ४३ केजी समुहमा सम्झना भण्डारी द्धित्तिय, ६३ केजी समुहमा प्रदिप गिरी तृत्तिय र ५३ केजी समुहमा मारियान तामाङ तृत्तीय भएको धादिङका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।