हिमपहिरोमा पुरिएर १३ जनाको ज्यान गयो

589 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा : गोरखा जिल्लासँग सिमाना जोडिएको तिब्बतको गुन गाउँमा सोमबार झरेको हिमपहरोमा पुरिएर १३ जनाको घटनास्थलमै मृत्यू भएको छ ।
लगातारको हिमपातपछि सोमबार झरेको हिमपहिरोले १३ जनाको घरभित्रै पुरिएर ज्यान गएको गोरखाको छेकम्पारका निमा लामाले जानकारी दिए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
मृत्यू हुनेहरुको नाम खुल्न नसकेको उनले बताए । गुन गाउँमा गोरखाको छेकम्पार गाविसको सीमाबाट दुईघण्टा पैदलापछि पुग्न सकिन्छ । सो गाउँमा पाँच फिटभन्दा बाक्लो हिउँ जमेको त्यहाँका स्थानीयले आफूलाई टेलिफोनमा जानकारी दिएको उनले बताए ।

tibbet_ice_112444845

गोरखाको छेकम्पार गाविस–८ को छुले र वडा नं. ९ को निले गाउँमा पनि पाँच फिटभन्दा बाक्लो हिउँ जमेको छ । हिमपातका कारण ठूलो संख्यामा याक, चौरी र संरक्षित जनावरहरु झारल, नाउर, कस्तुरी, हिमचितुवा र फ्यामुसा मरेको निमा लामाले बताए ।